Spread the love

काठमाडौं ।

स्पेनले फिफा विश्वकपको राउन्ड अफ–१६ मा पोर्चुगललाई १–० ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ । निर्धारित ९० मिनेटसम्म दुवै टोलीले गोलरहित बराबरी खेलेपछि खेल अतिरिक्त समयमा जाने संकेत देखिएको थियो । तर दोस्रो हाफको इन्जुरी समयमा मिकेल मेरिनोले निर्णायक गोल गर्दै स्पेनलाई रोमाञ्चक जित दिलाए । मेरिनोको अन्तिम क्षणको गोलसँगै स्पेनले अन्तिम आठमा स्थान बनायो भने पोर्चुगलको विश्वकप यात्रा राउन्ड अफ–१६ मै टुंगिएको छ ।

योसँगै स्पेन १६ वर्षपछि विश्वकपको क्वाटरफाइनलमा पुगेको हो । सन् २०१० मा विश्वकपको उपाधि जितेपछि स्पेन पहिलो पटक अन्तिम आठमा पुग्न सफल भएको हो । पोर्चुगल भने निराशाजनक हारसँगै प्रतियोगिताबाट बाहिरिएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्