Spread the love

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्सले विजयी शुरुवात गरेको छ । सोमबार सम्पन्न तेस्रो संस्करणको पहिलो खेलमा लुम्बिनीले सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले पराजित गरेको हो ।

सुदूरपश्चिमले दिएको ८८ रनको लक्ष्य पछाएको लुम्बिनीले ९.५ ओभरमा केवल ३ विकेटको नोक्सानीमा जित निकाल्यो । लुम्बिनीका लागि डिआर्ची शर्टले ४० रन बनाए भने आसिफ शेखले ३२ रन बनाएका थिए । त्यस्तै सुदूरपश्चिमका बलर अनिल खरेलले २ विकेट लिए भने दिपेन्द्र सिंह ऐरीले एक विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंङ गरेको सुदूरपश्चिमले १७.२ ओभरमा अल आउट हुदै ८७ रन मात्र बनाएको थियो । सुदूरपश्चिमका लागि कप्तान दिपेन्द्र सिंह ऐरीले सर्बाधिक २७ रन बनाए भने अनिल खरेलले १५ रन बनाएका थिए । अन्य ब्याट्सम्यानले योगदान दिन नसक्दा सस्तैमा समेटिएको थियो ।

सुदूरपश्चिमलाई सस्तोमा समेट्ने क्रममा लुम्बिनीका किशोर महतोले ४ तथा शेर मल्लले ३ विकेट लिए । त्यस्तै तिलक भण्डारी, रोहित पौडेल र शाडली भान स्कालक्वीकले एक एक विकेट लिए । मंगलबार दिउसो साढे १२ बजे बिराटनगर किंग्स र चितवन राइनोजबीच पहिलो तथा साँझ ५ बजे जनकपुर बोल्ट्स र कर्णाली याक्सबीच दोस्रो खेल हुने तालिका छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्