Spread the love

 

बुटवल,२२ असार । परमानन्द खरेल स्मृति प्रतिष्ठानले विभिन्न क्षेत्रमा विशिष्ट योगदान पु¥याएका व्यक्तित्व तथा संस्थालाई बुटवलमा सम्मान गरेको छ । खरेलको १७ औं स्मृति दिवस तथा प्रतिष्ठानको १६ औँ वार्षिक साधारणसभा र अधिवेशनको अवसरमा सोमबार बुटवलमा आयोजित विशेष समारोहमा समाजसेवा, शिक्षा, उद्योग–व्यवसाय तथा पत्रकारिता मार्फत समाजमा उल्लेखनीय योगदान पु¥याएका व्यक्तित्वहरूलाई सम्मान गरिएको हो ।

यस वर्षको सम्मान समाजसेवातर्फ वरिष्ठ समाजसेवी बिमलबहादुर शाक्य, उद्यमशीलातर्फ शुद्धोधन गाउँपालिकामा सञ्चालित फस्ट चोइस उद्योगका सञ्चालक युवा उद्यमी कृष्णप्रसाद पौडेल, पत्रकारितातर्फ राष्ट्रिय समाचार समिति (रासस)का उपनिर्देशक तथा पत्रकार भरत केसी तथा शैक्षिक क्षेत्रतर्फ बुटवल उपमहानगरपालिका–६, स्थित साधना महिला विद्यालयका प्रधानाध्यापक विष्णु गौतम (संस्थागत) लाई प्रदान गरिएको हो ।

यसैबीच प्रतिष्ठानको १६औँ वार्षिक साधारणसभा तथा अधिवेशनले श्रीकृष्ण पोखरेलको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ । नयाँ कार्यसमितिको उपाध्यक्षमा बलबहादुर आचार्य, सचिवमा चण्डीप्रसाद पाण्डे, सहसचिवमा अमृता सारु, कोषाध्यक्षमा ओमप्रकाश खरेल रहेका छन् । यस्तै प्रतिष्ठानका सदस्यहरूमा एजाज आलम, तेजकुमार पाठक, होमराज बस्याल र चुणामणि खरेल निर्विरोध निर्वाचित भएको निर्वाचन समिति संयोजक अमृत गिरीले जानकारी दिए ।

गिरीको संयोजकत्वमा यादवप्रसाद भण्डारी र छायाँ पन्थ सदस्य रहेको तीन सदस्यीय निर्वाचन समिति गठन भएको थियो । ११ सदस्यीय कार्यसमितिमा दुई सदस्य पछि मनोनित गरिने नवनिर्वाचित अध्यक्ष पोखरेलले बताए ।

निवर्तमान अध्यक्ष भुपालकुमार श्रेष्ठले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना व्यक्त गर्दै प्रतिष्ठानलाई अझ प्रभावकारी रूपमा अघि बढाउने विश्वास व्यक्त गरे । नवनिर्वाचित अध्यक्ष श्रीकृष्ण पोखरेलले प्रतिष्ठानको उद्देश्य, मूल्य र स्वर्गीय परमानन्द खरेलले देखाएको मार्गलाई आत्मसात् गर्दै संस्थालाई अझ गतिशील र समाजमुखी बनाउने प्रतिबद्धता व्यक्त गरे ।

सोही अवसरमा प्रतिष्ठानकी संरक्षक तथा स्वर्गीय खरेलकी धर्मपत्नी रेणुका खरेलले प्रतिष्ठानको कोषका लागि रु ५ लाख सहयोग हस्तान्तरण गर्दै परमानन्द खरेलको स्मृतिलाई जीवन्त राख्न निरन्तर योगदान गर्ने सबैप्रति आभार व्यक्त गरिन् ।

 

 

 

 

 

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्