चितवन,२१ असार ।
चितवनको बेलहट्टामा हात्तीको आक्रमणमा परी आमाछोराको मृत्यु भएको छ । शनिबार राति घरमा सुतिरहेका बेला हात्तीको आक्रमणमा परी २५ वर्षीया आशिका बोटे र उनकी चार वर्षका छोरा भरतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रभूषण यादवले जानकारी दिएका छन् ।
सूचना अधिकारी यादवका अनुसार हात्तीको आक्रमणबाट आमा छोराको घटना स्थलमै ज्यान गएको हो । हात्ती धपाउन आशिकाका श्रीमान् पूर्णले आगो बाल्दा उनको कच्ची घरमा पनि आगलागी भएको थियो । आगो प्रहरी र स्थानीयको सहयोगमा निभाइएको थियो।




















