Spread the love

बुटवल, २१ असार ।
बुटवललाई कार्यथलो बनाएर लामोसमयदेखी पत्रकारीता गर्दै आएका अग्रज पत्रकार महेन्द्र थापाले ऐतिहासिक पुस्तक तयार गरि सार्वजनिक गरेका छन । थापाद्धारा लेखिएको ‘मणिमुकुन्द सेन र उजिरसिंह थापा : व्यक्ति, व्यक्तित्व र योगदान’ नामक पुस्तक शनिबार बुटवलमा लोकार्पण गरिएको हो ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेय, संस्कृतिविद् बिमलबहादुर शाक्य तथा अग्रज पत्रकार मदनलाल पौडेलले संयुक्त रूपमा पुस्तक सार्वजनिक गरे ।

कार्यक्रममा नगरप्रमुख पाण्डेयले बुटवलको ऐतिहासिक महत्व उजागरमा पुस्तक इतिहास अध्ययन गर्नेहरूका लागि महत्वपूर्ण सन्दर्भ सामग्री बन्ने विश्वास व्यक्त गरे । उनले नेपाल–अंग्रेज युद्धअन्तर्गत जितगढी युद्धका कमान्डर कर्णेल उजिरसिंह थापा र तत्कालीन पाल्पाली सेनवंशी राजा मणिमुकुन्द सेनको योगदानलाई समेटिएको पुस्तकले बुटवलको इतिहास र पहिचानको प्रचारप्रसारमा टेवा पुग्ने बताए ।

अग्रज पत्रकार मदनलाल पौडेल, संस्कृतिविद् बिमलबहादुर शाक्य, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्याल, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष रामप्रसाद आचार्यलगायतले इतिहाससम्बन्धी गहन अनुसन्धान र मेहनतबाट पुस्तक तयार गरिएको भन्दै प्रशंसा गरे । पुस्तकका लेखक महेन्द्र थापाले उजिरसिंह थापा, मणिमुकुन्द सेन तथा बुटवलको इतिहासलाई तथ्यपरक रूपमा अनुसन्धान गरी पुस्तक तयार गरिएको बताए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्