काठमाडौं,२१ असार ।
नेपाली बजारमा आज (आइतबार) सुन–चाँदीको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला चार सय रूपैयाँ घटेर दुई लाख ९० हजार तीन सय रूपैयाँमा किनबेच भइरहेको छ ।
आइतबार चाँदीको मूल्य पनि घटेको छ । चाँदी प्रतितोला १० रूपैयाँ घटेर चार हजार ६ सय पाँच रूपैयाँमा कारोबार भइरहेको महासघंले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ४ हजार एक सय ७६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1






















