Spread the love

बुटवल, १६ असार ।
सूचना प्रविधि (आईटी) क्षेत्रमा दक्ष जनशक्ति उत्पादनसँगै अध्ययनरत विद्यार्थीलाई व्यावसायिक अनुभव दिलाउने उद्देश्यले वेस्टर्न मेगा कलेज प्रा.लि. र लुम्बिनी टेक इनोभेशन सेन्टर प्रा.लि. रुपन्देहीबीच रोजगारी तथा इन्टर्नसिप सुविधा उपलब्ध गराउने सम्बन्धी समझदारी (एमओयू) सम्पन्न भएको छ ।

सम्झौताअनुसार वेस्टर्न मेगा कलेजमा बीआईटी अध्ययनरत तथा उत्तीर्ण विद्यार्थीहरूले अध्ययन अवधिमै इन्टर्नसिप गर्ने र अध्ययन पूरा गरेपछि कम्पनीमा रोजगारीको अवसर प्राप्त गर्नेछन् । कलेजको नियमित कक्षा सकिएपछि विद्यार्थीहरूले कम्पनीमा इन्टर्नसिप गर्न पाउने व्यवस्था गरिएको छ । कलेजका प्राचार्य अधिवक्ता किसु शर्माले अध्ययनसँगै व्यावसायिक सीप, कार्यअनुभव र आयआर्जनको अवसर उपलब्ध गराउने उद्देश्यले यस्तो कार्यक्रम अघि बढाइएको जानकारी दिए । उनका अनुसार कलेजले दोस्रो सेमेस्टरदेखि नै इच्छुक विद्यार्थीलाई सूचना प्रविधि कम्पनीहरूमा इन्टर्नसिप तथा रोजगारीका लागि पहल गर्ने योजना बनाएको छ ।

अध्ययनकै क्रममा सम्बन्धित क्षेत्रमा काम गर्न पाए विद्यार्थीले व्यावहारिक अनुभव हासिल गर्ने, स्नातकपछि रोजगारीको प्रतिस्पर्धामा सहज हुने तथा आफ्नै आम्दानीबाट शैक्षिक खर्च व्यवस्थापन गर्न सक्ने भएकाले यस्ता सहकार्यलाई कलेजले प्राथमिकताका साथ अघि बढाएको प्राचार्य शर्माको भनाइ छ । वेस्टर्न मेगा कलेजले विगत १३ वर्षदेखि स्नातक तहमा बीएचएम कार्यक्रम सञ्चालन गर्दै आएको छ । कलेजले शैक्षिक वर्ष २०८३ देखि चारवर्षे बीआईटी कार्यक्रमसमेत सुरु गरेको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्