Spread the love

भैरहवा, १६ असार ।
रुपन्देहीको मायादेवी गाउँपालिका–२ स्थित श्री भिलरहवा माध्यमिक विद्यालयका लेखापाल राजेश कुमार यादवलाई सेवाबाट हटाइएको छ ।

विद्यालय व्यवस्थापन समितिको निर्णयअनुसार आचारसंहिताविपरीत कार्य गरेको, समितिको निर्देशन पालना नगरेको तथा पटक–पटक मौखिक र लिखित रूपमा सचेत गराउँदा पनि व्यवहारमा सुधार नदेखिएकाले यादवलाई सेवाबाट हटाइएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम विनोद थारुले जानकारी दिए ।

विद्यालय व्यवस्थापन समितिको असार १२ गते बसेको बैठकले शिक्षा नियमावली, २०५९ को परिच्छेद २३ अन्तर्गत नियम १३५ (घ) बमोजिम यादवलाई सेवाबाट हटाउने निर्णय गरेको अध्यक्ष थारुले बताए ।

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्