Spread the love

बुटवल, १४ असार ।

लगातारको वर्षापछि रुपन्देहीको सैनामैना क्षेत्रमा घमाहा खोलामा आएको बाढीले पूर्व–पश्चिम राजमार्गको वैकल्पिक सडकसमेत अवरुद्ध भएको छ । मुर्गियादेखि उत्तरतर्फ रहेको घमाहा खोलाको पुलमाथिसम्म पानी बग्न थालेपछि उक्त वैकल्पिक मार्गमा सवारी आवागमन प्रभावित भएको हो ।

पुलमाथिबाट तीव्र बहावसहित पानी बगेकाले यात्रु तथा चालकलाई जोखिम मोलेर यात्रा नगर्न स्थानीय प्रशासनले आग्रह गरेको छ । पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएपछि यही मार्ग प्रयोग भइरहेको अवस्थामा वैकल्पिक सडकसमेत बगाएर अवरुद्ध हुँदा बुटवल–भैरहवा तथा पश्चिमतर्फको यातायात थप प्रभावित भएको छ ।

सुरक्षाकर्मीले घटनास्थलमा निगरानी बढाएका छन् भने पानीको सतह नघटेसम्म पुल पार नगर्न र सुरक्षित स्थानमा बस्न सर्वसाधारणलाई अनुरोध गरिएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्