काठमाडौं, १४ असार ।
पछिल्लो २४ घण्टामा देशभर भएका सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ भने १०८ जना घाइते भएका छन् ।नेपाल प्रहरीका अनुसार सबैभन्दा धेरै १ जनाको मृत्यु र ४५ जना घाइते हुने घटना मधेश प्रदेशमा भएका छन् । त्यसपछि कोशी प्रदेशमा १ जनाको मृत्यु र २८ जना घाइते भएका छन् ।
बागमती प्रदेशमा १ जनाको मृत्यु र ४ जना घाइते भएका छन् भने काठमाडौं उपत्यकामा मृत्यु नभए पनि २२ जना घाइते भएका छन् ।
यस्तै, लुम्बिनी प्रदेशमा १ जना, सुदूरपश्चिम प्रदेशमा ५ जना र कर्णाली प्रदेशमा २ जना घाइते भएका छन् । गण्डकी प्रदेशमा भने उक्त अवधिमा सवारी दुर्घटनाबाट कुनै मानवीय क्षति भएको छैन ।




















