Spread the love

तिलोत्तमा,९ असार ।

युवाहरुलाई नेवा संस्कृति, संस्कार सिकाउने उदेश्यका साथ नेवा देय् दबु तिलोत्तमाले आयोजना गरेको १० दिने नेवारी पाक शिक्षा तथा युवा स्वरोजगार कार्यक्रम सोमबार सम्पन्न भएको छ । समापन कार्यक्रममा सहभागीहरु प्रमाणपत्र वितरण गर्दै तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम खनालले सीपमूलक तथा स्वरोजगारमुखी कार्यक्रमका लागि नगरपालिकाले आगामी दिनमा सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

नेवा देय् दबु रुपन्देहीका जिल्ला उपाध्यक्ष लक्ष्मण श्रेष्ठले नेवारी संस्कृति र खानपानको संरक्षण तथा प्रवद्र्धनमा यस्ता कार्यक्रमको महत्वपूर्ण भूमिका रहने बताए । उनले जिल्लामै पहिलो पटक विधिपूर्वक सञ्चालन गरिएको पाक शिक्षा कार्यक्रमले नेवारी परिकारको प्रचारप्रसारमा टेवा पुग्ने विश्वास व्यक्त गर्दै यसको निरन्तरतामा जोड दिए ।

नेवा देय् दबु बुटवल नगर समितिका अध्यक्ष सुन्दर श्रेष्ठले नेवारी खानाको अपेक्षा अनुसार प्रचारप्रसार हुन नसकेको उल्लेख गर्दै तिलोत्तमामा सञ्चालन गरिएको यस कार्यक्रमले नेवारी परिकारको प्रवद्र्धन र विस्तारमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरे । कार्यक्रमा नेपाल आदिवासी जनजाति महासंघ तिलोत्तमा नगर अध्यक्ष गंगा छन्त्यालले नगरपालिकाबाट प्राप्त बजेट न्यून भएकाले कार्यक्रम सञ्चालन गर्न कठिनाइ हुने र आगामी वर्षहरूमा बजेट वृद्धि गर्न आग्रह गरिन् ।

कार्यक्रमका अध्यक्ष तथा नेवा देय् दबु तिलोत्तमाका अध्यक्ष दिनेश कक्षपतिले नेवारी पाक कला मार्फत युवालाई स्वरोजगारतर्फ उन्मुख गराउने उद्देश्य सफल भएको बताए । उनले प्रशिक्षार्थीहरूले सिकेका सीपलाई व्यवहारमा उतार्दै नेवारी खानाको संरक्षण र प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरे । कार्यक्रममा २६ जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको थियो ।

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्