Spread the love

बुटवल, ९ असार ।
रुपन्देही व्यापार संघमा आवद्ध रिकण्डिसन व्यवसायीहरुको वृहत भेलाले वस्तुगत उपसमिति गठन गरेको छ । संघको सचिवालयमा भएको उक्त भेलाले सन्तोष के.सी.को संयोजकमा १४ सदस्यीय रिकण्डिसन वस्तुगत उपसमिति गठन गरेको हो ।

रिकण्डिसन उपसमितिको सह–संयोजकमा धनकुमार भट्ट, सचिवमा पारस मरासिनी, कोषाध्यक्षमा लक्ष्मण पोखरेल र सह–सचिवमा श्याम जिसी रहनुभएको छ भने सदस्यहरुमा सन्तोष घिमिरे, रहिसदिन मिया, अनुज अर्याल, नितेश न्यौपाने, प्रेमराज के.सी., सन्तोष के.सी., नविन कार्की, साविर अलि र अनिल खत्री रहेका छन ।

कार्यक्रममा संघका अध्यक्ष प्रकाश ढकालले संस्थागत हित र संस्थाको सुदृढिकरणका लागि सबैको भूमिका महत्वपूर्ण हुने भन्दै सबैलाई जिम्मेवार भएर पेशा व्यवसाय सञ्चालन गर्न आग्रह गरे । आफना व्यावसायीहरुका समस्या वस्तुगत उपसमितिमार्फत संघमा ल्याउन आग्रह गर्दै रचनात्मक कार्यहरु गर्न समेत उनले सुझाव दिए ।

यस्तै भेलामा संघका वरिष्ठ उपाध्यक्ष दयानिधि भण्डारी, प्रथम उपाध्यक्ष ऋषिराम पाण्डे, द्वितिय उपाध्यक्ष मनहरि बस्याल, महासचिव प्रकाशराज पौडेल, कोषाध्यक्ष अर्जुनप्रसाद भट्टराई, वस्तुगत सह–कोषाध्यक्ष जिवनारायण घिमिरेलगायतले व्यवसायीहरुको संगठनात्मक भूमिका र औचित्यका बारेमा बताए ।

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्