Spread the love

बुटवल, ९ असार ।
नेपाली काग्रेस पार्टीको चुनाव चिन्हबाट निर्वाचित गाउपालिका अध्यक्षसहित ३ जना जनप्रतिनिधिलाई पदमुक्त भएको निर्वाचन आयोगले सुचना प्रकाशित गरेको छ । नेपाली काग्रेस पाटीको केन्द्रिय समितिका निर्णय अनुसार अन्य दलमा प्रवेश गरेको जनप्रतिनिधिहरुको बारेमा निर्वाचन आयोगलाई जानकारी दिएसंगै उनिहरु पदमुक्त गरिएको हो ।

आयोगले राजनीतिक दल सम्बन्धी ऐन, २०७३ तथा राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ बमोजिम नेपाली काग्रेस पार्टीको जानकारीका आधारमा सूचना जारी गरेको हो । सुचना अनुसार जुम्ला, कर्णाली गुठीचार गाउँपालिका अध्यक्ष दान बहादुर बुढा, नवलपरासी पाल्हीनन्द गाउपालिकाका उपाध्यक्ष फातिमा खातुन अन्सारी तथा बुटवल उपमहानगरपालिका–३ का वडा अध्यक्ष विष्णु ढकाल अन्य पार्टीमा प्रवेश गरेको उल्लेख छ ।

निर्वाचन आयोगले राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को नियम २२ को उपनियम (२) बमोजिम उक्त सूचना सार्वजनिक गरेको जनाएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्