Spread the love

बुटवल, ३० जेठ ।
बुटवलमा जारी मदन भण्डारी कप यू–१९ विद्यालय स्तरिय राष्ट्रिय छात्र भलिबल प्रतियोगिता २०८३ मा अन्तिम चार टिमको टुगो लागेको छ । ‘सबैका लागि खेलकुद’ नारासहित जननेता मदन भण्डारीको ७५ औ जन्म जयन्तीको अवसरमा मदन भण्डारी स्र्पोटस एकेडेमीको आयोजनामा शनिबार सम्पन्न लिग चरणको अन्तिम खेलमा न्यू होराईजन स्कुल बुटवलले इन्सपायर ईगलिस स्कुल झापालाई ३–० को सोझो सेटमा पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो ।

न्यू होराईजनले होम ग्राउण्डमा भएको खेलमा इन्सपायरमाथि २५–१९, २५–२३, २५–१८ को सेटमा शानदार जित निकालेको थियो । यसैगरि पोखरा युनाईटेड एकेडेमीले कास्कीे मण्डला स्पोर्टस एकेडेमी पाल्पालाई २५–२०, ३०–२८, २५–१८ को सोझो सेटमा पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो । यसैगरि प्रतियोगितामा न्यूटन हाई स्कुल बागमति र मणिमुकुन्द कलेज बुटवल यसअघि नै सेमीफाईनमा प्रवेश गरेको खेल संयोजक राम केसीले बताए । आईतबार दिउसो पहिलो सेमिफाईनलमा पोखरा युनाईटेड र मणिमुकुन्द कलेज तथा दोस्रो सेमीफाईनलमा न्यूटन कलेज काठमाण्डौ र न्यू होराईजन स्कुल बुटवलका बिचमा खेल हुने उनले बताए ।

भलिबल खेलको प्रवद्र्धनसंगै युवा खेलाडीहरुलाई प्लेटफर्म दिने गरि प्रतियोगिता गरिएको एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले बताए । प्रतियोगितामा न्यूटन हाई स्कुल बागमति, पोखरा युनाईटेड एकेडेमी कास्की, इन्सपायर ईगलिस स्कुल झापा, न्यू होराईजन स्कुल बुटवल, नवलपुर भलिबल एकेडेमी नवलपुर, दीप बोर्डिङ स्कुल बुटवल, मणिमुकुन्द कलेज बुटवल, मण्डला स्पोर्टस एकेडेमी पाल्पा गरि ८ टिमले भाग लिएका छन ।

प्रतियोगिताको विजेता टिमलाई नगद १ लाख रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ । यसैगरि उपविजेता टिमलाई ५० हजार, तृतिय टिमलाई ३० हजार, चौथौ टिमलाई नगद १५ हजार रुपैयाबाट पुरस्कृत गरिने छ । यसैगरि विधागत रुपमा सर्वोत्कृष्ट खेलाडीलाई नगद १० हजार रुपैया तथा उत्कृष्ट खेलाडी, स्पाईकर, सेटर, ब्लकर, डिफेन्सलाई ५ हजार रुपैया, ट्रफीबाट पुरस्कृत गरिने छ ।

भिडियो रिर्पोट

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्