बुटवल, ३० जेठ ।
रुपन्देहीमा निजि विद्यालयका शिक्षकहरुलाई ‘निरन्तर मुल्याकन प्रणाली’ तालिम दिईएको छ । राष्ट्रिय निजि तथा आवासीय विद्यालय एशोसियसन नेपाल (एन प्याब्सन) रुपन्देही जिल्ला समितिको आयोजनामा बुटवलमा एक दिने निरन्तर मुल्याकन प्रणालीबारे तालिम आयोजना गरिएको हो ।
कार्यक्रमको उद्घाटन गर्दै शिक्षा विकास तथा समन्वय इकाइ, रुपन्देहीका प्रमुख विष्णु प्रसाद पन्थीले यो प्रणाली उत्कृष्ट मुल्याकन विधिका रुपमा रहेको बताए । राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६ ले कक्षा १ देखि कक्षा ३ सम्म निरन्तर विद्यार्थी मुल्याकनको आधारमा विद्यार्थीको मुल्याकन गर्ने ब्यवस्था गरेको भन्दै उनले सोही बमोजिम प्राथमिक शिक्षा पाठ्यक्रम कक्षा १–३ ले विद्यार्थीको शिक्षण सिकाइ संगसंगै निरन्तर मुल्याकनको आधारमा विद्यार्थीहरुको कक्षा चढाउने ब्यवस्था गरेको बताए । ‘यसको कार्यान्वयन लामो समय देखि भईरहेको छ ।’–उनले भने । हाल कक्षा ४ र ५ मा पनि ५० प्रतिशत आन्तरिक र बाह्य मुल्याकनको आधार अघि बढाएको उनले बताए ।
निमाबि र माबि तहको पाठयक्रममा पनि आन्तरिक मुल्याकनलाई प्राथमिकता दिएको छ । कक्षा ६ देखी आठसम्म ५० प्रतिशत आन्तरिक मूल्याकन र ९ र १० कक्षामा २५ प्रतिशत प्रयोगात्मक आन्तरिक मुल्याकनको ब्यवस्था गरेको गरेको छ । यस हिसाबमा कक्षाकोठामा शिक्षण गर्ने शिक्षकलाई विद्यार्थीको मुल्याकनप्रति पाठ्यक्रमको जवाफदेहीता बनाउने प्रयाग भएको छ । आन्तरिक मुल्याकन भनेको शिक्षकमा भर पर्ने मुल्याकन हो । पाठ्यक्रमले गरेको ब्यवस्था र विद्यालयहरुमा कार्यान्वयन गरेको अवस्थाको बिचमा खाडल रहेको देखिन्छ । यस्तो खाडललाई पुर्ने गरि तालिमहरु प्रभावकारी हुने उनले बताए ।
कार्यक्रममा एनप्याप्सनका जिल्ला अध्यक्ष बाबुराम बन्जाडेले कार्यक्रममा पाठ्यक्रमबारे शिक्षकहरु बिचमा विस्तृत रुपमा छलफल गर्ने क्यास बुक ब्यवस्थापनबारे ज्ञान दिईने बताए । नेपाल सरकारबाट विकास गरेको पद्यतीलाई ब्यवहारिक रुपमा अप्नाउन यो तालिम प्रभावकारी हुने उनले बताए । विश्वमा नै परिवर्तनलाई स्वीकार्नुपर्ने भन्दै उनले शिक्षकहरु अझ चनाखो रुपमा लाग्नुपर्ने उनले बताए । यो सिकाई शिक्षकको करियरको लागि समेत उपलब्धिमुलक हुने उनले बताए । विद्यार्थीहरुमा विषयमा ज्ञान हासिल, सीपसंगै सकारात्मक अभिब्यक्ति, मुल्यमान्यता, संस्कार, संस्कृति, कार्यसक्षमता लगायत जरुरी हुने उनले बताए ।
कार्यक्रममा एनप्याप्सनका केन्द्रिय सल्लाहकार राजु गुरुङ, केन्द्रिय सचिव बालाकृष्ण तिवारीले निजि विद्यालयहरु जनशक्ति विकासमा ठूलो लगानी गर्दै आएको बताए ।
तालिममा एन प्याब्सन आवद्ध २० विद्यालयका कक्षा १ देखि ३ सम्म १५० जना शिक्षकहरुलाई सहभागी बनाईएको कोषाध्यक्ष कमल पौडेलले बताए । यसैगरि आईतबार ४ देखि ५ कक्षाका शिक्षकहरुलाई तालिम दिईने बताए । तालिममा ईन्सपायर एजुकेशन, काठमाडौंका सिईयो ईन्द्र प्रसाईको टिमबाट प्रशिक्षण दिईएको एनप्याब्सनका जिल्ला सचिव अमित यादवले बताए । यसैबिच कार्यक्रममा मोर्डन पब्लिकबाट ४ जिपिए ल्याएका आर्यन चौरासियालाई नगद १० हजारसहित दोसल्ला, ईप्सा रुपन्देहीका सचिव निर्वाचित कमल पौडेल तथा सिद्धार्थनगरपालिकामा शिक्षा शाखामा मनोनित अमित यादवलाई सम्मान गरिएको थियो ।
भिडियो रिर्पोट




















