Spread the love

काठमाडौं,१४ कार्तिक ।

कोप–३१ सम्मेलनमा जलवायु परिवर्तनसम्बन्धी नेपालको साझा धारणा र राष्ट्रिय हितका मुद्दालाई प्रभावकारी रूपमा अन्तर्राष्ट्रिय मञ्चमा उठाउन सरकारले सत्तापक्ष र प्रतिपक्षका दलका प्रतिनिधिलाई सहभागी गराउने तयारी गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका प्रमुख सचेतक तथा प्रतिनिधिसँग छलफल भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

आगामी नोभेम्बर ९ देखि २० सम्म हुने सम्मेलनमा हिमाली क्षेत्रको संरक्षण, जलवायुजन्य विपद्, जलवायु न्याय, ऊर्जा तथा जलवायु वित्तलगायतका विषयलाई अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रथामिकताका साथ प्रस्तुत गर्ने सरकारको तयारी रहेको छ ।

 

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्