Spread the love

बुटवल, १४ कार्तिक ।

सडक सुरक्षा र ट्राफिक व्यवस्थापन केवल प्रहरीको मात्र जिम्मेवारी नभई प्रत्येक नागरिकको सचेतना, अनुशासन र जिम्मेवारीसँग जोडिने विषय भएको एक कार्यक्रममा बोल्ने बक्ताहरुले बताएका छन । सामाजिक क्षेत्रमा अग्रसर रोटरी क्लब अफ बुटवलको १६३३ औँ नियमित साप्ताहिक बैठकमा बोल्ने बक्ताहरुले सडक दुर्घटना न्यूनिकरणमा समुदायको सहकार्य जरुरी हुने बताए ।

कार्यक्रममा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, लुम्बिनी प्रदेश, बुटवलका प्रहरी उपरिक्षक निसान थापाले वर्तमान ट्राफिक व्यवस्थापनको अवस्था, सडक सुरक्षा, ट्राफिक प्रहरी र नागरिक सहकार्यको बारेमा प्रकाश पारे । सवारी चापसंगै चाडपर्वमा चालकको लापरवाहीकै कारण धेरै दुर्घटना हुने गरेको उनले दाबी गरे । लुम्बिनी प्रदेशमा सडक दुर्घटना न्यूनिकरणका लागि चलाईएको अभियानका बारेमा समेत उनले जानकारी दिए ।

क्लब अध्यक्ष यदुनाथ पाण्डेले रोटरीमार्फत आगामी दिनमा दुर्घटना न्यूनिकरणका लागि विद्यालयस्तरमा इन्टयाक्ट र रोट्याक्टसंग समन्वय गरि सचेतना कार्यक्रम र्गे प्रतिवद्धता जनाए ।

कार्यक्रममा खिमनारायण पराजुली, दया भण्डारी, नवराज श्रेष्ठ, आमोद सिमागैडा, कृष्णप्रसाद अर्याल, नवराज श्रेष्ठ, बोनिन पिया, रोहिणी श्रेष्ठ, वासुदेव अर्याल, लालहरि पाण्डे, गोपालप्रसाद बस्याल, लेखनाथ भुषाललगायतले सडक सुरक्षा, ट्राफिक नियमको पालना, नागरिकको दायित्व तथा ट्राफिक व्यवस्थापनसँग सम्बन्धित विभिन्न जिज्ञासा राखेको थिए । समुदाय लक्षित समसाययिक विषयमा रहेर क्लबमार्फत विभिन्न रचनात्मक कार्यक्रम, अन्तरक्रियाहरु गर्दै आएको सचिव दिवाकर घिमिरेले बताए ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्