Spread the love

डोल्पा,१४ कार्तिक ।

डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट सुरुङ खनेर शुक्रबार राति आठजना कैदी फरार भएका छन् । कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार उनीहरू कारागारभित्र सुरुङ खनेर पर्खाल भत्काउँदै फरार भएका हुन् । फरार हुनेमध्ये पाँचजना जबर्जस्ती करणी मुद्दामा कैद सजाय भोगिरहेका र तीनजना चोरी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रवक्ता प्रहरी निरीक्षक विनय सिंह बताए ।

प्रहरी निरीक्षक सिंहका अनुसार कैदीबन्दीले ४.६३ मिटर लामो सुरुङ खनेर कारागारको पर्खाल भत्काएर कारागारबाट बाहिरिएका हुन् । कारागारमा जम्मा १७ जना कैदीबन्दी रहेकामा आठजना फरार भएका हुन् । फरार कैदीबन्दीको खोजी कार्य सुरु गरिएको प्रहरीले जनाएको छ। उनीहरूको खोजीका लागि प्रहरी परिचालन गरिएको छ ।

 

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्