Spread the love

बुटवल, २९ जेठ ।
कला, संस्कृति र पर्यटन प्रवद्र्धन गर्ने सहित बुटवलमा वज्र फेस्टिभल २०२६ हुने भएको छ । ब्यस्त शहरी जिवनशैलीका मानिसहरुलाई लक्षित गरि मनोरन्जन, मानसिक तनाव ब्यवस्थापनका विविध आयाम जोडेर ग्रासल्याण्ड रेष्टुरेन्ट एण्ड बारमा शुक्रबार देखि ३ दिने वेलनेस कार्यक्रमसहितको बज्र फेस्टिबल हुने भएको हो ।

जेठ २९ देखि ३१ गतेसम्म हुने कार्यक्रममा संगीत, कला, खानपान, वेलनेस तथा सामुदायिक उत्सव लगायत समावेश रहेको ग्रासल्याण्ड रेष्टुरेन्ट एण्ड बार प्रबन्ध निर्देशक अनुप प्रधानले बताए । बियर फेस्टिभल, फुड फेस्टिभल, आइसक्रिम स्टलहरू, किड्स जोन तथा पारिवारिक मनोरञ्जन, डीजे सेसन तथा सांस्कृतिक कार्यक्रमका साथै शनिबार र आइतबार बिहान वेलनेस, काकाओ सेरेमोनी, साउण्ड हिलिङ, माउन्टेन ब्रीथ सेसन कार्यक्रम रहने उनले बताए । शुक्रबार पहिलो दिन स्थानिय बसन एण्ड द क्रुजको प्रस्तुत रहने कार्यक्रममा प्रवेश निशुल्क गरिएको उनले बताए । यसैगरि शनिबार र आईतबार दुई दिन भने परिवर्तन, डिजे शशान्क, द ब्याकडोर मेन, डिजे राजदिन लगायतको प्रस्तुति रहने उनले बताए । यसैगरि टाटो कन्भेन्सन, फुड फेस्टिबल, फेशन शो, सास्कृतिक नाच लगायतका कार्यक्रम समेत हुने उनले बताए । फेमिली प्रवेश हुने गरि किड जोन समेत ब्यवस्था रहेको छ ।

बज्र फेष्टिबलकै एउटा महत्वपूर्ण पाटोका रुपमा तनाव ब्यवस्थापनको कार्यक्रम गरिने संयोजक समुन्द्र घिमिरेले बताए । साउण्ड हिलिङको एउटा अंशलाई जोड्ने गरि अष्टधातुबाट बनेको बलमा ध्वनी प्रवाह गरेर साउण्डबाट मानसिक थकानमुक्त गराउने मेडिटेसन गरिने छ । यो धेरै उपयोगी हुने वैज्ञानिक पुष्टि समेत भएको छ । कोलाहलबाट मुक्त हुन र मानसिक थकान कम गर्न यसले मद्यत मिल्ने उनको दाबी छ । बुटवल शहरीकरण हुदै गएको बेला ब्यापारीकरण दृष्टिकोणबाट पहिचान बनाएको भएपनि यहाको पुरातन इतिहासलाई केलाउदा राजाभतृहरिको तपोभुमी र अन्य धेरै शिद्धभुमी समेत रहेको हुदा आध्यात्मिक केन्द्रका रुपमा चिनाउने गरि अभियान थालेको उनले बताए ।

‘अघिल्लो वर्ष बसन्तपुरको कामाख्या मन्दिरमा १ सय जनालाई सामुहिक रुपमा साउण्ड हिलिङ गरिएको थियो ।’–उनले भने । यो कार्यक्रम भब्य रुपमा सफल भएको हुदा पनि अब यसलाई निरन्तरता दिन चाहेको उनले बताए । यसका साथै स्थानिय किसानको उत्पादनलाई बजारीकरण गर्ने रुपमा चलिरहेको खस्यौली बजारको स्टलहरु समेत यहा राखिने छ । नेपालमा उत्पादन भएका पोशाकहरुको पहिलोपटक फेशन शो समेत गरिन लागेको छ । बुटवलमा नेपाली उत्पादन भएका कपडालाई प्रवद्र्धन हुने गरि यो गर्न लागेको उनले बताए । जसमा गाजा र अल्लोबाट बनेका कपडाहरु मोडलहरुले प्रदर्शन गर्नेछन ।

बज्र नाम बुद्धसंग जोडिएको ईभेन्ट स्टेशन तथा हिमालयन्स फुटहिल्स सशान्क घिमिरेले बताए । यही थिममा रहेर सजावट गरिने र अहिलेको शहरी जिवनशैलीमा रहेको तनावपूर्ण अवस्थालाई हेरेर यो योगा, खानपिन र रमाइलो सहितको फेष्टिबल गर्न लागेको उनले बताए । बिहान ५ देखी १० बजेसम्म हरेक उमेर समुहलाई जोडेर कार्यक्रम राखिएको उनले बताए । बच्चाहरुलाई पेन्टिङ, इलेक्टोनिक म्युजिक थेरापी, हिलिङ, ककाओ जस्ता नेपालमै लोप भएका पुराना विधिबाट मानसिक तनाव हटाउने र रमाईलो गराईने उनको दाबी छ ।

भिडियो रिर्पोट

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्