काठमाडौं,२९जेठ । फिफा विश्वकप २०२६ आज रातिबाट सुरु हुँदैछ । नेपाली समयअनुसार राति १२ः४५ बजे अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा आयोजना गरेको विश्वकपको प्रतियोगिताको उद्घाटन तीनै आयोजक राष्ट्रमा विशेष समारोहसहित उद्घाटन गरिनेछ ।
उद्घाटन खेलमा मेक्सिकोले दक्षिण अफ्रिकासँग प्रतिस्पर्धा गर्नेछ । यस संस्करणमा पहिलोपटक ४८ राष्ट्रले सहभागिता जनाउँदै छन् भने प्रतियोगितामा कुल १०४ खेल खेलाइनेछ ।
पाँच पटकको विश्व विजेता ब्राजिल लगातार २३ औँ पटक विश्वकप खेल्दैछ । यसपटक उज्वेकिस्तान, केप भर्डे, कुराकाओ र जोर्डनले पहिलोपटक विश्वकपमा सहभागिता जनाउँदै छन् । फाइनल खेल जुलाई १९ मा न्युयोर्कमा हुनेछ ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1



















