Spread the love

काठमाडौं ।
नवनियुक्त गृहमन्त्री सुधन गुरुङले पदभार ग्रहण गर्दै आफूविरुद्ध जस्तोसुकै आरोप लागे पनि सामना गर्न सक्ने तर नेपाली चेलीमाथि हुने अन्याय र दुःख सहन नसक्ने बताएका छन । पदभार सम्हालेलगत्तै मन्त्रालयमा आयोजित कार्यक्रममा बोल्दै गृहमन्त्री गुरुङले तथ्य र प्रमाण बिना आफूमाथि विभिन्न आरोप लगाइएको दाबी गरे । उनले सञ्चारमाध्यम र सामाजिक सञ्जालमा हुने ‘मिडिया ट्रायल’ का कारण कुनै पनि व्यक्ति आत्महत्या गर्न बाध्य हुने अवस्था सिर्जना हुन नहुनेमा जोड दिए ।

गृहमन्त्री गुरुङले मुलुकका केही संवेदनशील र चर्चित घटनाको अनुसन्धानलाई निष्कर्षमा पु¥याउने प्रतिबद्धता समेत व्यक्त गरे । सो क्रममा उहाँले २०५८ सालको दरबार हत्याकाण्डसम्बन्धी फाइल पुनः खोल्ने निर्णय गरेको जानकारी दिए । त्यसैगरी, जेनजी आन्दोलनका क्रममा दर्ता भएका फौजदारी मुद्दा फिर्ता लिन सकिने वा नसकिने विषयमा अध्ययन गरिने उनले बताए । आन्दोलनका कारण मुद्दा खेपिरहेका व्यक्तिहरूको अवस्थाबारे कानुनी तथा प्रशासनिक दृष्टिकोणबाट समीक्षा गरिने उनले बताए ।

गृहमन्त्री गुरुङले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई थप सशक्त बनाइने र हाल अनुसन्धानको चरणमा रहेका महत्वपूर्ण फाइल तथा मुद्दाहरूलाई निष्कर्षमा पु¥याइने बताए । साथै, लामो समयदेखि थन्किएका तथा सार्वजनिक चासोका सबै फाइलहरू खोल्ने र आवश्यक अनुसन्धानलाई तीव्रता दिने नीति लिइने उनले स्पष्ट पारे । गृहमन्त्री गुरुङका यी निर्णयहरूलाई सरकारको सुशासन, न्यायिक जवाफदेहिता तथा अनुसन्धान प्रणालीलाई प्रभावकारी बनाउने प्रयासका रूपमा हेरिएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्