काठमाडौं ।
सुधन गुरुङ र महावीर पुनले मन्त्री पदको शपथ लिएका छन् । शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले दुबै मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ दिलाएका छन् ।
विवादित व्यवसायीसँगको सेयर कारोबार विवादका कारण गत वैशाख ९ गते राजीनामा दिएका सुधन गुरुङ ४७ दिनपछि फेरि गृहमन्त्रीमा फर्किएका छन् । बालेन्द्र शाह नेतृत्वको सरकारले बनाएको छानबिन समितिले दिएको प्रतिवेदन अध्ययन नै नगरी सुधनलाई गृहमा फर्काइएको छ ।
उता महावीर पुन सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा शिक्षा मन्त्रि थिए । अब उनले विज्ञान तथा नवप्रवद्र्धन मन्त्रालयको जिम्मेवारी पाएका छन् । उनी स्वतन्त्र उम्मेदबारी दिएर म्यादीमा चुनाव जितेका सांसद हुन् ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1





















