Spread the love

तिलोत्तमा, २२ जेठ ।

विश्व वातावरण दिवसका अवसरमा रुपन्देहीमा आज विविध कार्यक्रम गरि मनाईएको छ । दिवसको अवसरमा जेसिआई तिलोत्तमाद्वारा शंकरनगरस्थित बनबाटिकामा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।

वृक्षारोपण कार्यक्रममा संस्थाका अध्यक्ष रामु रोकाले वातावरण संरक्षण, हरियाली प्रवद्र्धन तथा भावी पुस्ताका लागि स्वच्छ वातावरण निर्माण गर्ने उद्देश्यले विभिन्न प्रजातिका बिरुवाहरू रोपिएको बताए । वृक्षारोपणसंगै रोपिएका बिरुवाको संरक्षण र नियमित हेरचाह गर्ने समेत उनले प्रतिबद्धता व्यक्त गरे ।

वृक्षारोपण कार्यक्रममा शंकरनगर वन बिहार तथा अनुसन्धान केन्द्रका अध्यक्ष खिमलाल पाण्डे, संस्थापक अध्यक्ष बिनोद ढकाल, बर्ष २०२६ प्रमुख शाखा बासुदेब शर्मा, पूर्वअध्यक्ष ईश्वर पाण्डे, जयप्रकाश भट्टराई, राजु भण्डारी, कार्यक्रम संयोजक इन्जिनियर संजोक न्यौपाने, महासचिव दिपक घिमिरेले को सहभागी रहेका थिए ।

यसैगरि विश्व वातावरण दिवसको अवसरमा बुटवल लेडी जेसिसले चिडियाखोला बालविकास केन्द्र परिसरमा वृक्षारोपण कार्यक्रम गरेका छन । रबर प्लान्ट र फुलका बिरुवाहरु वृक्षारोपण गरिएको हो ।

कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नं. ३ का वडा अध्यक्ष विष्णु ढकाल, बालविकासका अध्यक्ष मन्जु श्रेष्ठ र जेसीस अध्यक्ष रुपा श्रेष्ठ पाठकले वातावरण संरक्षणमा बोटबिरुवाको महत्वबारे प्रकाश पारे ।

 

What’s your Reaction?
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्