बुटवल, २१ जेठ ।
नेपाली युवा टेनिस खेलाडी स्वस्तिका विष्टको खेल करियर विकासका लागि अमेरिकामा बसोबास गर्ने टेनिस उत्साही रोबिन थापाले नगद सहयोग गरेका छन । एक कार्यक्रमबीच संघका अध्यक्ष मनोहरदास मुल, रोबिन थापाले स्वस्तिकालाई १ लाख ५० हजार रुपैयाँ रकम बराबरको चेक हस्तान्तरण गरेका छन ।
खेलप्रेमी थापाले सहयोग रकमबाट स्वस्तिकाको टेनिस प्रशिक्षण, प्रतियोगिता सहभागिता तथा खेल करियर विकासमा योगदान हुने गरि थोरै भएपनि सहयोग गर्न पाउदा खुशी लागेको बताए ।
नेपाल टेनिस संघका अध्यक्ष मुलले थापाको उदार योगदानप्रति हार्दिक आभार व्यक्त गर्दै युवा खेलाडीहरूलाई थप हौसला र प्रेरणा मिल्ने गरि सहयोग भएको बताए । नेपाली टेनिसको भविष्य निर्माणमा निजी क्षेत्र तथा खेलप्रेमीहरूको सहयोग महत्वपूर्ण रहने उनले बताए । उदीयमान खेलाडीका रूपमा परिचित स्वस्तिकाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै उत्कृष्ट प्रदर्शन गरिरहेकी छन् ।





















