बुटवल, २१ जेठ ।
काठमाण्डौमा विहिबार शुरु भएको चौथो राष्ट्रिय डोरी तान प्रतियोगितामा लुम्बिनीले शानदार जित निकालेको छ । लुम्बिनीले मधेस प्रदेशमाथि २–० को सोझो जित निकाल्दै स्पष्ट ३ अंक हात पारेको हो ।
पहिलो सेटमा ८ सेकेण्ड र दोस्रो सेट २३.०४ सेकेण्डमा लुम्बिनीले विपक्षीलाई तान्न सफल भएको थियो । नेपाल खेलकुद महासंघ रुपन्देहीको आयोजनामा गत हप्ता सम्पन्न डोरी तान प्रतियोगितामा विजेता टिम फिजिकल फिटनेशले नै प्रदेशबाट प्रतिनिधित्व गरेको छ । लुम्बिनी टिममा सागर बश्याल, निरज केसी, प्रतिक पन्थ, सुरेश पेमी, सन्देश श्रेष्ठ, समिर रसाईली, दिनेश क्षेत्री, सोनु अनुराग सिह, विश्व ज्ञवाली खेलाडीहरु रहेका छन ।
यसैगरि टिम कोचमा मनोज सिह रहेका छन । प्रतियोगितामा ३ विभागिय सहित सात प्रदेशको गरि १० टिमको प्रतिस्प्रर्धा हुने भनिएपनि विभागिय टिम नेपाल आर्मी, गण्डकी, सुदुरपश्चिम भने अन्तिम समयमा सहभागी भएन ।





















