Spread the love

देवदह, ३१ वैशाख ।
सम्पूर्ण प्राणी जगतको जीवन्त आयुआरोग्यका लागि गौमाता, साधुसन्तसहित जेठ २ गते शनिबार भजन भण्डारा कार्यक्रम गरिने भएको छ । महाबीर बालाजी धाम स्वयंसेवक युवा परिवार, कामधेनु गोशाला देवदह, रुद्रगण, एमआरआर भजन समुहको संयुक्त आयोजनामा देवदह–भलुहीस्थित गौशालामा धार्मिक कार्यक्रम गरिने भएको हो ।

औँशी, शनि जयन्ती तथा वटसावित्री पूजन एकै दिन परेकाले विशेष भजन तथा भण्डारा कार्यक्रम गर्न लागिएको आयोजकले जनाएको छ । कार्यक्रममा गौमाता पूजा, भारतका विभिन्न अखडाबाट आएका साधुसन्तहरूको उपस्थितिमा भजन–कीर्तन तथा भक्तजनका लागि भण्डाराको व्यवस्था गरिने बताइएको छ ।

धार्मिक तथा सांस्कृतिक महत्व बोकेको कार्यक्रममा सहभागी भई पुण्य लाभ लिन सम्पूर्ण श्रद्धालु भक्तजनलाई आग्रह गरिएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्