बुटवल, २९ वैशाख ।
सामान्यतया नयाँ वर्षमा नयाँ ठाउँ घुम्ने, रमाइलो गर्ने र विभिन्न कार्यक्रम आयोजना गर्ने चलन रहेको छ । पछिल्लो पुस्ताका युवाहरु भने सामाजिक उत्तरदायित्वसँग जोडिएका कामतर्फ आकर्षित हुँदै गएको देखिएको छ । यही सोचलाई व्यवहारमा उतार्दै बुटवलका युवाहरु नदी सरसफाइमा जुटेका छन् ।
अंग्रेजी नयाँ वर्ष २०२६ को अवसर पारेर बुटवलका युवाहरुले रचनात्मक सामाजिक अभियानको सुरुवात गरेका हुन । कानुङ युथमा आवद्ध युवाहरुले नया वर्षसंगै प्रत्येक शनिबार १६/३६ नदी सफाईमा पाच महिनादेखी नियमित सफाई गर्दै आएको छ । आधा दर्जन युवाहरु यो अभियान अहिले आवद्ध रहेको अभियन्ता अशोक सारु बताउछन ।
नयाँ वर्षलाई केवल घुमफिर र मनोरञ्जनमा सीमित नराखी समाजका लागि सकारात्मक सन्देश दिने उद्देश्यका साथ सफाइ अभियान थालेका उनले बताए । ‘शनिबार समय तालिका नै बनाएका छौ ।’– उनले भने । प्रत्येक हप्ता शनिबार ७ः३० बजे १० बजेसम्म बुटवल उपमहानगरपालिका वडा नं. ११ न्यू होराईजन स्कुल नजिक नदी किनारमा जम्मा भएर उनिहरु सफाई जुट्छन । ‘हामी ५ महिनादेखि निरन्तर लागि परिरहेका छौ ।’–उनले भने । यो अवधिमा नदीबाट ठूलो परिमाणमा प्लाष्टिक, मरेका जनावरहरु निकालेको उनि बताउछन ।
फोहोर रोक्न सो क्षेत्रमा ट्रास बारिअर पनि जडान गरेको उनले बताए ।अशोकले आफनै खर्चमा फोहोर ब्यवस्थापनको काम गरिरहेका छन । उनि यसमा स्थानिय सरकार र युवा अभियान्ताहरुलाई जोडिन आग्रह गर्छन । थोरै युवाबाट शुरु भएको यो अभियानमा अहिले युवा र आर्थिक दुबैमा स्थानिय सरकारको ध्यान जानुपर्ने देखिन्छ ।





















