Spread the love

बुटवल, २८ वैशाख ।
गिता झाँक्री एक सफल र स्वरोजगार उद्यमी हुन । बुटवलको सुख्खानगरमा उनको आविष्कार प्याकेजिङ छ । जहा उनि दिनभर मिठाई, केक, पिज्जा, वर्गरका बट्टा बनाउछिन । पाल्पा, रैनादेवी गाउपालिका भुवनपोखरीमा एसएलसीसम्मको अध्ययन गरेकी उनि १८ वर्ष अघि अध्ययनकै सिलसिलामा बुटवल झरेकी थिईन । पढ्न आएकी उनि बुटवललाई कर्मभुमी बनाईन । सिद्घेश्वर माबिमा बिहानी कक्षा सकेर उनि दिउसोको समय काम गर्न लागिन, मिलनचोकस्थित गुप्ता प्याकेजिङमा बटटा बनाउने । हेर्दा सामान्य लाग्ने यो कर्म नै उनको भविष्य बन्न पुग्यो ।

यही सिकेको कामले उनलाई अहिले स्वरोजगार उद्यमी बनाएको छ । उनि १२ वर्षसम्म काम गरिन । उद्योगका मेशिन सिकिन । सिकाई र अनुभवले खारीएकी उनि बिसं २०७९ मा आविष्कार प्याकेजिङ दर्ता गरिन । जहा परिवारको २ जनासहित थप २ जनाले रोजगार पाएका छन । बाक्लो दफटी वा कुट, सिल्भर पेपर, सेतो कागजहरु कच्चा पदार्थका रुपमा लिएर मैदाको माड प्रयोग गरेर उनि विभिन्न साईजका बक्सहरु तयार गर्छिन । कामकै सिलसिलामा थोरैथोरै जम्मा गरेको रकमबाट आफनो उद्यम शुरु गरेको बताईन । मिठाई र केक बक्स, पिज्जा बक्स, वर्गर, पेस्टी लगायतको बक्सा तयार गरेरै मासिक ५५ हजार रुपैयासम्म कमाई गरेको उनले स्मरण गर्छिन ।

उद्योगमा एउटा मेशिन छ । उनले कच्चा पदार्थका रुपमा २५ किलो तौलका कुट वा दफती, सिल्भर पेपर, सेतो कागजहरु बजारबाट ल्याउछिन । मैदा पकाएर माड तयार गरि ग्लुको रुपमा तैयार गरिन्छ र तैयार हुन्छ पाउ, आधा किलो, एक किलोका साथै केक, पिज्जाका बक्सहरु । उनले दैनिक १५०० डिब्बाहरु उत्पादन गर्छिन । चाडपर्वमा भने भ्याईनभ्याई हुने गरेको उनले सुनाईन । उनको यो उत्पादन प्युठान, पाल्पा, गुल्मी, अर्घाखाची लगायतका धेरै ठाउमा बिक्री हुन्छ ।

भिडियो रिर्पोट

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्