Spread the love

काठमाडौँ ।

दिल्ली क्यापिटल्सले जारी आइपिएलमा पञ्जाव किंग्सलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा दिल्लीले पञ्जावलाई ३ विकेटले पराजित गरेको हो । पञ्जावले दिएको २११ रनको लक्ष्य पछाएको दिल्लीले १९ ओभरमा ७ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

दिल्लीको जितमा कप्तान अक्सर पटेलले ५६ रन बनाए भने डेभिड मिलरले ५१, आशुतोष शर्माले २४, माधव तिवारीले १८ रन बनाएका थिए । त्यस्तै पञ्जावका बलर यश ठाकुर र अर्शदीपले २–२ विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको पञ्जावले २० ओभरमा ५ विकेट गुमाउदै २१० रन बनाएको थियो । पञ्जावका लागि कप्तान श्रेयस अय्यरले ५९ रन बनाएका थिए भने प्रियांस आर्याले ५६ र कूपर कोन्नोलीले ३८ रन बनाएका थिए ।

यो जितपछि दिल्लीको १२ खेलमा १० अंक भएको छ । दिल्लीको अब २ खेल मात्र खेल्न बाँकी रहेकाले दुवै खेल जितेपनि प्लेअफको सम्भावना भने निकै कम रहेको छ । त्यस्तै पञ्जावले भने योसहित लगातार चार खेलमा हार बेहोरेको छ । पञ्जावको ११ खेलमा १३ अंक रहेको छ र चौथो स्थानमा झरेको छ । जारी आइपीएलमा आज गुजरात टाइटन्स र सनराइजर्स हैदरावादबीच खेल हुदैछ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्