Spread the love

रुपन्देही, २३ वैशाख ।
रुपन्देहीको सिद्धार्थनगरस्थित एक क्यासिनोमा जुवा खेलिरहेको अवस्थामा नेपाली नागरिकसहित क्यासिनो व्यवस्थापनमा संलग्न व्यक्तिहरूलाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार साँझ करिब ८ बजे लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङ र जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको संयुक्त टोलीले सिद्धार्थनगर नगरपालिका–१० मा रहेको रोयल कालिङा क्यासिनोमा आकस्मिक चेकजाँच तथा अनुगमन गर्दा १५ जना जुवाडे र जुवा खेलाउने कार्यमा संलग्न ४ जनालाई नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार क्यासिनोमा जुवा खेलाउने कार्यमा संलग्न अभय कुमार गुप्ता, सुशान्त अधिकारी, निक्षेंद नेपाल र संजय शाक्यलाई समेत पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक कृष्ण कुमार चन्दले बताए ।
यस्तै, क्यासिनोभित्र जुवा खेलिरहेको अवस्थामा विभिन्न जिल्लाका १५ जना नेपाली नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा काठमाडौँ, ललितपुर, पर्सा, गुल्मी तथा रुपन्देहीका विभिन्न स्थानीय तहका व्यक्तिहरू रहेका छन् ।

प्रहरीले घटनास्थलबाट नगद ९५ हजार ५०० रुपैयाँ, विभिन्न कम्पनीका १७ थान मोबाइल सेट तथा २०० थान क्यासिनो क्वाइन बरामद गरेको जनाएको छ । पक्राउ परेका सबैलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्