Spread the love

मणिग्राम, २२ वैशाख ।
सामाजिक कार्यमा अग्रसर शुभयात्रा नेपालको आयोजनामा वृहत स्वास्थ्य सचेतना शिविर सम्पन्न भएको छ । तिलोत्तमा नगरपालिका तथा वडा नं. १४ को सह–आयोजना र देवदह मेडिकल कलेजको प्राविधिक सहयोगमा टिकुलीगढमा भएको निःशुल्क क्यान्सर रोग पहिचान तथा सचेतना शिविरमा करीब साढे ३ सय जना लाभान्वित भएका छन ।

शिविरमा पाठेघर, स्तन, फोक्सो र प्रोस्टेट क्यान्सरसम्बन्धी परीक्षण तथा परामर्श निःशुल्क उपलब्ध गराइएको कार्यक्रम संयोजक डा. नारायण जिसीले बताए । शिविरमा अन्य स्वास्थ्य परामर्शसँगै आवश्यक औषधि वितरणसमेत गरिएको थियो ।
कार्यक्रम उद्घाटन गर्दै तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाणले समयमै रोग पहिचान र सचेतना अत्यन्त आवश्यक रहेको उल्लेख गरे । समुदायमा महत्वपूर्ण योगदान पुग्ने गरि भएका कार्यक्रममा स्थानिय सरकारबाट साथ रहने समेत बताए ।

सो अवसरमा शुभयात्रा नेपालका केन्द्रीय अध्यक्ष मधुसुदन गैह्रेले संस्थाको पञ्चसूत्रीय कार्ययोजना सार्वजनिक गर्दै देवभूमि क्षेत्र विकास, सातै प्रदेशमा गौ निकुञ्ज स्थापना, क्यान्सर अस्पताल तथा अनुसन्धान केन्द्र स्थापना, फोहरमुक्त नेपाल अभियान र पर्यटन विकासमा संस्था केन्द्रित रहेको जानकारी दिए ।

रूपन्देही क्षेत्र नेपालको मध्यभागमा रहेको र भारतका नागरिकको समेत सहज पहुँच भएकाले यहाँ क्यान्सर अस्पताल तथा अनुसन्धान केन्द्र स्थापना उपयुक्त हुने देखिएको उनले बताए । यसका लागि स्थानीय, प्रदेश र संघीय सरकारसँग समन्वय भइरहेको उनले बताए ।

विगत २८ वर्षदेखि सामाजिक क्षेत्रमा सक्रिय शुभयात्रा नेपालले स्याङ्जाको वालिङ–१० मा मगर होमस्टे विकास तथा गल्याङ–९ हुँगीघाट क्षेत्रमा धार्मिक पूर्वाधार निर्माणजस्ता कार्य गर्दै आएको समेत जानकारी दिइयो ।
शिविरमा स्थानीय सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो भने निःशुल्क स्वास्थ्य जाँच तथा परामर्शबाट ३२० जना लाभान्वित भएका छन् ।

कार्यक्रममा वडा नं. १४ का अध्यक्ष अश्विन पौडेल, वडा नं. १३ का अध्यक्ष नारायण ढकाल, देवदह मेडिकल कलेजका कार्यक्रम संयोजक हिरालाल धामी, डा. राजेश पौडेल, शुभयात्रा नेपालका संयोजक ईश्वरी पाण्डेले स्वास्थ्य शिविर संचालन बारे प्रकाश पारे । कार्यक्रममा सहयोग गर्ने व्यक्तिहरूलाई प्रशंसापत्रसहित सम्मान गरिएको थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्