बुटवल, ६ बैशाख ।
नेपाल राष्ट्र बैंकको ७१ औं वार्षिकोत्सवको उपलक्ष्यमा सिद्धार्थनगर कार्यालयद्वारा आयोजित मैत्रीपूर्ण फुटबल प्रतियोगिता–२०८३ को उपाधि डेभलोपमेन्ट बैक टिमले चुमेको छ । आईतबार भएको फाईनलमा कर्मसियल बैक टिम बि लाई पराजित गर्दै उपाधि चुमेको हो ।
यसैगरि प्रतियोगितामा कर्मसियल बैकका अर्जुन थापा उत्कृष्ट गोलरक्षक, नेपाल राष्ट्र बैंकका कृष्ण प्रसाद भट्टराई, कर्मसियल बैकका हुपेन्द्र चौधरी र राकेश गुरुङ सर्वाधिक गोलकर्ता तथा डेभलोपमेन्ट बैकका संजय गुरुङ सर्वोत्कृष्ट खेलाडी घोषित हुदै पुरस्कृत भए । विभिन्न बैकमा कार्यरत कर्मचारीहरु बिच खेलमार्फत भातृत्व विकास गर्ने गरि नेपाल राष्ट्र बैकले स्थापना दिवसमा खेल प्रतियोगिता गर्दै आएको छ ।
प्रतियोगितामा आठ टिम बिच प्रतिस्प्रर्धा भएको थियो । एक कार्यक्रमका बिच विजेता, उपविजेता तथा उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार वितरण गरिएको थियो ।





















