Spread the love

काठमाडौं, ६ बैशाख ।
आईसीसी महिला ट्वान्टी–२० च्यालेन्ज ट्रफीमा नेपाल विजयी भएको छ । रुवाण्डामा जारी पहिलो संस्करणको टी–२० च्यालेन्ज ट्रफीमा नेपालले इटालीलाई ५० रनले पराजित गरेको हो । रुवाण्डा क्रिकेट स्टेडियममा आईतबार भएको खेलमा नेपालले जितका लागि दिएको ११३ रनको लक्ष्य पछ्याएको इटली १८.४ ओभरमा सबै विकेट गुमाउँदै ६२ रनमा समेटियो ।

इटालीका लागि दुई ब्याटर बाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् । इटालीका चथुरिका महामालागेले २२ रन तथा पासिन्दी कनन्केगेले १२ रन जोडिन् । नेपालका लागि रुबिना क्षेत्रीले ४, कविता कुँवरले २ तथा मनिषा उपाध्याय, रिया शर्मा र रचना चौधरीले एक/एक विकेट लिइन् ।

त्यसअघि पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ११२ रनको योगफल बनाएको थियो । नेपालका लागि उपकप्तान पूजा महतोले सर्वाधिक ४८ रन बनाइन् । उनले ४५ बलको सामना गर्दै २ चौका र १ छक्का प्रहार गरिन् । सम्झना खड्काले १६, बिन्दु रावलले १५ तथा कप्तान इन्दु बर्माले १० रन बनाइन् । इटालीकी एमिलिया बाट्र्रामले ३ विकेट लिइन् । शनिबार भएको आफ्नो पहिलो खेलमा नेपाल अमेरिकासँग ४४ रनले पराजित भएको थियो । इटालीले भने पहिलो खेलमा घरेलु टोली रुवाण्डालाई पराजित गरेको थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्