Spread the love

बुटवल, ६ बैशाख ।
रुपन्देहीमा क्रिकेट खेल र सामाजिक गतिविधिमा अग्रसर रहेको लुम्बिनी खुकुरी क्लबले क्रिकेट प्रतियोगिता गर्ने भएको छ । जिल्लामा हुने अधिकास प्रतियोगितामा भाग लिदै आएको क्लबले साढे पाच दशकको ईतिहासमा पहिलोपल्ट प्रतियोगिता आयोजनाको तयारी गरेको हो । सिद्धार्थनगर नगरपालिका वडा नं १ को सहयोगमा लुम्बिनी खुकुरी क्लबले बैशाख ८ देखि १५ गतेसम्म खुकुरी टि–२० कप क्रिकेट प्रतियोगिता २०८३ गर्ने भएको हो ।

आईतबार भैरहवामा पत्रकार सम्मेलन तथा ट्रफि अनावरण गरिएको छ । सिद्धार्थनगर नगरपालिका वडा नं १ का वडाअध्यक्ष उज्वल पोखरेल, खेलकुद पत्रकार मंच रुपन्देहीका अध्यक्ष सुमन अधिकारी, लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायमाझी, उद्योगी विष्णु शर्मा,क्लबका सल्लाहकार प्राचिन श्रेष्ठले संयुक्त रुपमा ट्रफि अनावरण गरे । वडाअध्यक्ष उज्वल पोखरेलले विश्वभर नै सबैभन्दा चर्चित क्रिकेट खेलको विकासमा टेवा पुग्ने गरि नया अभियान क्लबबाट थालनी भएको बताए । खेलकुदका लागि स्थानिय सरकारबाट सक्दो सहयोग गर्ने समेत उनले प्रतिबद्धता जनाए ।

खेलाडी उत्पादनमा योगदान दिएको क्लबबाट पहिलोपल्ट खेल खेलाउन लागेको गरि क्लबका अध्यक्ष महेश थापाले बताए । ‘क्रिकेट खेलकै कारण परिचित खुकुरी क्लब परिचित छ ।’– उनले भने । रोकिएको खेल गतिविधिलाई अघि बढाउन लागेको उनको दाबी छ । ‘खेलाडी उत्पादनसंगै अब हामी खेल खेलाउने पाटोमा छौ ।’–उनले भने । सेड्युलमा राखेर प्रतियोगितालाई निरन्तरता दिने उनले बताए । प्रतियोगितामा भारत र नेपालका टिमहरु बिचमा प्रतिस्पर्धा हुने उनले बताए ।

कार्यक्रममा नेपाली क्रिकेट टिमका पूर्व खेलाडी शक्ति गौचनले क्रिकेट खेल विकासमा अग्रसर क्लब अब नया ढंगबाट अघि बढ्न लागेको बताए । पहिलोपटक आयोजना हुने प्रतियोगितालाई रोचक बनाउन यहा सहभागी टिममध्ये भारतमा रंजित ट्रफी, आईपिएल खेलेका खेलाडी तथा नेपालका समेत राष्ट्रिय टिमका खेलाडीहरु खेल्ने दाबी गरे ।

प्रतियोगितामा उपाधि विजेताले नगद १ लाख ११ हजार १ सय ११ रुपैया तथा उपविजेता टिमले नगद ५५ हजार ५ सय ५५ रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कत गरिने क्लबका सचिव ओजश शर्माले बताए । यसैगरि विधागत म्यान अफ दी सिरिजलाई १५ हजार रुपैया, बेष्ट बलर र बेष्ट ब्याटरलाई नगद ५५५५ रुपैया नगद, कपबाट पुरस्कृत गरिने उनले बताए ।
सिघ्दार्थ क्रिकेट रंगशालामा भैरहवामा हुने प्रतियोगितामा काठमाण्डौ र बिरगंज, रुपन्देहीका ११ र ३ भारतिय टिमसहित कुल १६ टिम सहभागी हुने सहसचिव तथा कार्यक्रम संयोजक नन्दन श्रेष्ठले बताए। करीब १२ लाख रुपैया खर्च हुने अनुमान रहेको उनले बताए । उद्घाटन खेल एमएसएमटि सिए, नौतनहवा र बुद्घ क्रिकेट क्लबका खेल हुने उनले बताए ।

भिडियो रिर्पोट

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्