Spread the love

मकवानपुर, २९ चैत्र । स्वच्छ वातावरण र स्वस्थ जीवनशैली प्रवर्द्धनमा टेवा पुर्‍याउने उदेश्यका साथ हेटौडामा पहिलो बालबालिका साइक्लिङ रेस तथा तेस्रो भेट्रान्स साइक्लिङ रेस सम्पन्न भएको छ।

नयाँ वर्ष २०८३ को पावन अवसरमा हिमालयन राईडर्स सोसाइटी को आयोजनामा तथा हेटौंडा उपमहानगरपालिका वडा नं. ८ को प्रायोजनमा भएको प्रतियोगितामा बालबालिका साइक्लिङ रेसतर्फ आयुष थापा प्रथम, आयुषमान तिमलसिना द्वितीय, डेनियल सिलवाल तृतीय, सयब श्रेष्ठ चतुर्थ तथा बिहान कोईराला पाँचौं स्थान हासिल गर्न सफल भए।

त्यसैगरी, १३ किलोमिटर दूरीको भेट्रान्स साइक्लिङ रेसतर्फ हरिराम राई २४ मिनेट ३८ सेकेन्डका साथ प्रथम भए भने दुर्गा प्रसाद लामिछाने (२५:१५) द्वितीय र हरिसरण थापा (२५:२८) तृतीय स्थानमा रहे। ६९ वर्षीय चेतनाथ आचार्य २७:३४ मिनेटमा चौथो तथा दिपक राई २७:४३ मिनेटमा पाँचौं स्थान हासिल गर्न सफल भए।

प्रतियोगिताका विजेता, उपविजेताहरुलाई एक समारोहका बिच पुरस्कार वितरण गरिएको छ।
हिमालयन राईडर्स परिवार हेटौंडाका राजु थापा मगरले यस्ता कार्यक्रमले समाजमा साइक्लिङ संस्कृतिको विकास र वातावरण संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्