बुटवल, २९ चैत ।
रुपन्देही जिल्लाका विभिन्न स्थानमा सञ्चालन भइरहेको अवैध अनलाइन सट्टेबाजी (जुवा) मा संलग्नलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय, रुपन्देहीले तिलोत्तमा नगरपालिकाका विभिन्न स्थानमा अनलाइन बेटिङमा प्रयोग भइरहेका विभिन्न डिजिटल उपकरणसहित अवैध अनलाइन सट्टेबाजी (जुवा) मा संलग्न २० जनालाई प्रहरीले पक्राउ गरेको हो ।
तिलोत्तमा नगरपालिका–०९ क्षेत्रबाट विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले ९ जना पक्राउ परेकामध्ये अधिकांश व्यक्तिहरू भारतका विभिन्न स्थानका रहेको उल्लेख गरिएको छ।
पक्राउ पर्नेहरुमा जिल्ला बासडिह थाना, मिश्रवलिया गाउँ, उत्तर प्रदेश (भारत) बस्ने वर्ष ३० को प्रदिप गुप्ता, जिल्ला कर्नलगंज थाना, बसेरिया, उत्तर प्रदेश (भारत) बस्ने वर्ष २२ को पवन कुमार, जिल्ला बासडिह थाना, मिश्रवलिया, उत्तर प्रदेश (भारत) बस्ने वर्ष २० को सतिश कुमार, जिल्ला हुसेनगंज थाना, मोहम्मद बजार, बिहार प्रदेश (भारत) बस्ने वर्ष २१ को मनु कुमार सोनी, जिल्ला नैरहवा थाना, बिहार प्रदेश (भारत) बस्ने वर्ष २१ को अमर कुमार, जिल्ला उमेश चौधरी थाना, बिहार प्रदेश (भारत) बस्ने वर्ष २१ को नरसिंह, जिल्ला गोपालगंज भगमानगंज थाना, बिहार प्रदेश (भारत) बस्ने वर्ष २४ को राम असिस सिंह, जिल्ला गंंनपुर थाना, पश्चिम बंगाल प्रदेश (भारत) बस्ने वर्ष ३१ को सुदिप तो माझि जिल्ला हड्ढी थाना, बेलहरी, उत्तर प्रदेश (भारत) बस्ने वर्ष २२ को अभिषेक ठाकुर लगायत रहेका छन।
प्रहरीले घटनास्थलबाट ३२ थान ल्यापटप, २ मोबाइल फोन र ५ थान वाईफाई राउटर बरामद गरेको जनाएको छ। यस सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।





















