Spread the love

बुटवल, २१ माघ ।
सिद्धार्थ हस्पिटालिटीले आफ्नो २८ औँ तथा सिद्धार्थ कटेज प्राइभेट लिमिटेडले पहिलो वार्षिक उत्सव विभिन्न सामाजिक तथा उत्सवमूलक सप्ताहब्यापी कार्यक्रममार्फत शुभारम्भ गरेको छ । व्यवसायिक सफलतासँगै सामाजिक उत्तरदायित्वमा अग्रसर कटेजले सरसफाई, रक्तदान लगायतका रचनात्मक कार्यक्रम गरेको हो ।

माघ १७ गते सरसफाइ अभियान सञ्चालन गरेको छ । उत्सवलाई केवल औपचारिकतामा सीमित नराखी समुदायसँग जोड्ने उद्देश्यले सिद्धार्थ कटेज योगीकुटी टिमले स्थानीय समुदायको सक्रिय सहभागितामा सरसफाई अभियान गरेको छ । स्वच्छ वातावरणप्रति सामूहिक जिम्मेवारीको सन्देश दिने गरि कार्यक्रम गरिएको योगीकुटी रेष्टुरेन्ट म्यानेजर सनत केसीले बताए ।

यसैगरि माघ २१ गते रक्तदान कार्यक्रममार्फत जीवन बचाउने अभियानमा योगदान दिएको छ । मानव सेवाप्रति संस्थाको योगदानमा कर्मचारी, स्थानीयवासी तथा युवाहरूको उत्साहजनक सहभागिता भएको थियो । सिद्धार्थ हस्पिटालिटीको पर्यटन, आतिथ्य सेवा र सामाजिक क्षेत्रमा पु¥याउँदै आएको योगदानप्रति सहभागीहरुले खुलेरै प्रशंसा गरे ।

यसैबिच वार्षिक उत्सवकै मुख्य दिन माघ २३ गतेमा शुभकामना आदानप्रदान, समीक्षा कार्यक्रम गरिने कार्यक्रम रहेको छ । सिद्धार्थ कटेज योगीकुटी टिमले आगामी दिनमा पनि समुदायसँग सहकार्य गर्दै यस्ता सामाजिक तथा विकासमुखी गतिविधिहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ । योगीकुटी रेष्टुरेन्टमा हाल ४९ जना कर्मचारी कार्यरत छन ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्