Spread the love

 

काठमाडौँ नेपाली चलचित्रलाई विश्वसंग जोड्ने उद्देश्यका साथ आयोजना हुने नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को नवौं संस्करण चैत १९–२३ गते (अप्रिल २–६, २०२६) सम्म सञ्चालन हुने भएको छ।

महोत्सवमा पाँच दिनमा दर्शकले ४० देशका ८८ चलचित्र हेर्ने र चलचित्रकर्मीहरूसँग अन्तरक्रिया गर्ने अवसर पाउनेछन्। यस पटक युवा पुस्तालाई केन्द्रमा राखेर चलचित्र छनोट गरिएको छ।

निफका अध्यक्ष केपी पाठकका अनुसार, एआई चलचित्र निर्माण कार्यशाला लगायतका विशेष सेसन राखेर युवा मेकरलाई प्रोत्साहन दिइनेछ। ८०० भन्दा बढी आवेदनबाट उत्कृष्ट चलचित्र मात्र प्रदर्शनको लागि छानिएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्