बुटवल, १० माघ ।
बुटवलमा सम्पन्न दोस्रो स्वर्णिम फुटसल प्रतियोगिता २०८२ को उपाधि स्वर्णिम फुटसल टिमले चुमेको छ । केटिएम कन्सल्टिङ्ग सहप्रयोजक, भिल्ला नरभिम, फयुल कफि बार, लिमा बेकरी, कुमारी बैक, सिटिजन बैकको सहकार्यमा शनिबार भएको फाईनल खेलमा खस्यौली एफसीलाई १–० गोल अन्तरले पराजित गर्दैै उपाधि चुमेको हो । उपाधिसंगै आयोजक स्वर्णिम नगद ३० हजार रुपैयाँ, ट्रफि, प्रमाणपत्रबाट पुरस्कृत भयो । उपविजेता खस्यौली भने नगद २० हजार रुपैयाँमा चित्त बुझायो । प्रतियोगितामा स्वर्णिमका निखिल थापा सर्वोत्कृष्ट खेलाडी, खस्यौलीका युनिस केसी उत्कृष्ट गोलकिपर तथा जनज्योतीका अस्मित शर्मा हाई स्कोररबाट पुरस्कृत भए ।
एक समारोहका बिच रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष लोक पुन, संयोजक प्रकाश पुनले पुरस्कार वितरण गरे । कार्यक्रममा संघका अध्यक्ष पुनले यहा रहेका क्लबहरुको अगुवाईमा खेल गतिविधि निरन्तरता पाएको बताए । खेल भावना र अनुसासनप्रति खेलाडीहरुले ध्यान दिनसमेत उनले आग्रह गरे ।
आगामी दिनमा प्रतियोगितालाई अझ व्यवस्थित र वृहत रुपमा आयोजना गर्ने योजना रहेको संयोजक प्रकाश पुनले बताए । प्रतियोगितामा दुई दर्जन बढी टिमले भाग लिने अनुमान आयोजकको रहेको छ । जुना पुन, तुल्सा थापा, असिम राना, पुनम गुरुङ्ग, रोशनी गुरुङ्ग र पिङ्गी थापा लगायत खेलप्रेमीहरुको सहयोग रहेको उनले बताए ।




















