काठमाडौँ। नेपाली चलचित्र ‘आ बाट आमा’ को ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलरमा नेपालमा अवसर नपाएर विदेश जाने छोराको कथा र अभिभावकको सन्तानप्रति माया प्रस्तुत गरिएको छ । चलचित्रमा आमाको भूमिकामा बिपना थापा, बुबाको भूमिकामा भारतीय कलाकार प्रदीप रावत रहेका छन् । अन्य कलाकारमा पल शाह, विशाल पहाडी, रवीन्द्र झा, साईग्रेस पोखरेल, सिम्रन पन्त लगायत छन् । निर्देशक एवं लेखक चन्द्र पन्त हुन् भने निर्माता ध्रुव न्यौपाने, प्रकाश कुँवर र क्षितिज ढुङ्गाना हुन् । संगीत कोशिस क्षेत्री, बाबुल गिरी र थानेश्वर गौतमले दिएका छन् । चलचित्र माघ १६ बाट प्रदर्शनमा आउने छ ।





















