बुटवल, २० पुस । खुल्ला सिमाना र अवैध चोरी पैठारीका कारण आफुहरु समस्यामा परेको विद्युत ब्यवसायीहरुले गुनासो गरेका छन । शनिबार बुटवलमा भएकाृे रुपन्देही बिद्युतिय ब्यबसायी संघको १४ औं साधारण सभा तथा आठौं अधिबेशनमा बोल्ने बक्ताहरुले भारतको बाटोबाट अवैध चोरीपैठारी हुदै भित्रने सामग्रीका साथै ब्यवसायीहरु बिचको अस्वस्थ प्रतिष्पर्धाका कारण पेशा धरापमा पर्दै गएको गुनासो गरेका हुन । कार्यक्रममा सहभागी ब्यवसायीहरुले बिद्युतिय सामाग्री उद्योग तथा ब्यबसायमा उत्पन्न समस्या समाधानका लागि सरकारबाट पहल गर्न आग्रह गरे ।
कार्यक्रमको उद्घाटन गर्दै नेपाल बिद्युतिय ब्यबसायी महासंघका अध्यक्ष दिलिप कुमार अग्रवालले बिद्युतिय सामाग्रीको ब्यबसायलाई संस्थागत, मर्यादित, गुणस्तरिय र दिगो बनाउन सम्पुर्ण ब्यबसायीहरुको भुमिका महत्वपुर्ण हुने बताए । संघले ब्यबसायीहरुको हकहित संरक्षण र पेशागत ईमान्दारितालाई आफ्नो मुख्य कार्ययोजना बनाएर अघि बढ्नुपर्ने कुरामा जोड दिँदै अध्यक्ष अग्रवालले यसका लागि सम्पुर्ण ब्यबसायीहरु एकताबद्ध हुनु आवश्यक रहेको बताए ।
कार्यक्रममा रुपन्देही बिद्युतिय ब्यबसायी संघका संस्थापक अध्यक्ष अनन्तमान थैवले गुणस्तरिय स्वदेशी सामाग्रीको उत्पादन तथा बिक्रि बितरणलाई प्राथमिकतामा राख्न जोड दिए । गुणस्तरहिन बिद्युतिय सामाग्रीको आयातलाई प्रतिष्ठापन गर्नु मुख्य चुनौती देखिएको उनले गुनासो गरे ।
कार्यक्रममा बुटवल उद्योग बाणिज्य संघका महासचिव मुक्ति अधिकारी, निवर्तमान अध्यक्ष रेशम देवकोटा, रुपन्देही बिद्युतिय ब्यबसायी संघका अध्यक्ष शान्ताराज खराल, पुर्व अध्यक्ष लोकनाथ पोखरेल, वरिष्ठ उपाध्यक्ष केशवकुमार सिंह, उपाध्यक्ष प्रकाश चन्द्र पाण्डे, महासचिव बिष्णु प्रसाद भण्डारी लगायतले बिद्युतिय सामाग्री ब्यबसाय क्षेत्रका समस्या र समाधानका उपायहरुबारे चर्चा गरे ।
संघको अध्यक्षमा केशव सिंह सर्वसम्मत
यसैबिच संघको १४ औं साधारण सभा तथा आठौं अधिबेशनबाट केशव कुमार सिंह (सुजित) को अध्यक्षतामा १६ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित भएका छन । शनिबार सम्पन्न अधिवेसनबाट संघको वरिष्ठ उपाध्यक्षमा विष्णु भण्डारी, प्रथम उपाध्यक्षमा भिमलाल अधिकारी, द्वितीय उपाध्यक्षमा रमा क्षेत्री, महासचिवमा चिरञ्जिवी गैरे, कोषाध्यक्षमा गणेश पन्त, सचिवमा जिवन प्रसाद उपाध्याय, सहकोषाध्यक्षमा वसन्तदेव पौडेल, लेखा समितिको संयोजकमा अनिल सुजन कुंवर तथा सदस्यहरुमा विष्णु प्रसाद पाण्डे, उमाशंकर कुसाहा, अर्जुन भारती, विमल पौडेल, हुमनाथ पराजुली, मिलन अर्याल र विकास जिसी रहेका छन ।





















