Spread the love

बुटवल,१४ साउन ।

लायन्स क्लब अफ बुटवल, लायनेस क्लब अफ बुटवल र लियो क्लब अफ, बुटवलको संयुक्त आयोजनामा विद्यालयमा निशुल्क आँखा तथा मधुमेह परिक्षण अभियान सुरु गरिएको छ । कान्ती माविमा एक कार्यक्रमको आयोजना गर्दै अभियानको लायन्स अन्तराष्ट्रिय डिष्ट्रिक ३२५ पि नेपालको वर्ष २०२६/२७ का डिष्ट्रिक गर्भनर पिएमजेएफ लायन सन्दीप कशौधनले सुभारम्भ गरे ।

शुभारम्भ कार्यक्रममा बोल्दै डिजी कशौधनले लायन्सले लिएको ८ प्रतिवद्धता अन्तरगतको स्वास्थ्य उपचार सेवालाई जनस्तरमा पु¥याउने गरि राखिएको कार्यक्रमले सकारात्मक सन्देश जाने विश्वास व्यक्त गरे । उनले विद्यालयमा अध्ययनरत बालबालिकाहरुको आँखाको समस्या बढ्दै गएको अवस्थामा विद्यालयमा गरिने निशुल्क परिक्षणको व्यवस्थाले उनीहरुको उज्यालो भविश्यमा सहयोगी बन्ने बताए ।

क्लबका अध्यक्ष लायन दिनेश कुमार प्रधानले लायन्सको समाज सेवाको पवित्र लक्ष्य र उद्देश्य अनुसार स्वाश्थ्य क्षेत्रमा निशुल्क सेवाको प्रवन्ध गरिएको बताउदै यो अभियानबाट हजारौ वालबालिकाहरु प्रत्यक्ष लाभान्वित हुने आशा व्यक्त गरे । संस्थाले सामाजिक उत्तरदायित्व अन्तरगत गरिएका कार्यक्रमले समाजमा धेरै सकारात्मक सन्देश प्रवाहा गरेको उल्लख गर्दै निशुल्क शिविर बुटवलका अन्य सरकारी विद्यालयहरुमा एक वर्षभरि आयोजना गरिने अध्यक्ष प्रधानले बताउनु भयो ।

कार्यक्रमका कान्ती उच्च माविकाका प्राचार्य गोविन्द ज्ञवालीले नेपालकै सबैभन्दा ठूलो सामुदायिक विद्यालयका रुपमा उभिएको कान्ति माविमा अध्ययनरत विद्यार्थीहरुको निशुल्क प्ररिक्षणमा लायन्सले गरेको प्रतिबद्धताप्रति धन्यवाद प्रकट गरे । क्लबका अध्यक्ष दिनेश कुमार प्रधानको अध्यक्षतामा भएको कार्यक्रममा क्लकका पूर्व अध्यक्ष अनिल श्रेष्ठ, कार्यक्रम संयोजक श्यामप्रसाद देवकोटा, लायनेस क्लब अफ बुटवलका अध्यक्ष विनु जोशी लगायत बोलेका थिए ।

कार्यक्रममा लायन्स अन्तराष्ट्रिय डिष्ट्रिक ३२५ पि नेपालका पिडीजी अर्जुनमान शैजु, डिष्ट्रिक चिफ एडभाइजर जिवनप्रसाद ओझा, लायन्स क्लब अफ बुटवलका प्रमुख सल्लाहाकार राजेन्द्र ओझा, एरिया चिफ–४ दिपक गौतम, आइपिपी प्रतिक पोखरेल, क्लबका पूर्व अध्यक्षहरु, पदाधिकारीहरु, सल्लाहाकार, कार्यक्रम संयोजकसहित लायन्स, लायनेस तथा लियोका पदाधिकारी एवं सदस्यहरुको उपस्थिती रहेको कार्यक्रम क्लबका सचिव रामप्रसाद गैरे(विष्णु) को सञ्चालन गर्नु भएको थियो ।

आँखा शिविरका लागि बुटवल लायन्स आखा अस्पताल, बुटवल तथा मधुमेह शिविरमा जेनोभिक प्रयोगशाला, बुटवलले प्राविधिक सहयोग गरेको कलबले जनाएको छ । लायन्स क्लब अफ बुटवलले आफ्नो वर्ष २०२६/२७ को बाािर्षक कार्यक्रम अन्तरगत बुटवल उपमहानगरपालिका वडा नं. ४ स्थित लक्ष्मीनगर पार्कमा रहेको लायन्स पार्कमा वृक्षारोपण तथा भोक निवारण कार्यक्रम अन्तरगत जनज्योति आधारभूत विद्यालय, ज्योतिनगरका विद्यार्थीहरुलाई दिवा खाना खुवाउने कार्य सम्पन्न गरेको सचिव गैरेले बताए ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्