बुटवल, २७ असोज ।
लायन्स क्लब अफ बुटवल तिलोत्तमा रुपन्देहीको आयोजनामा स्वस्थ्य शिशु प्रतियोगिता २०८३ सम्पन्न भएको छ । सिद्धार्थ बाल तथा महिला अस्पतालमा मंगलबार आयोजना गरिएको प्रतियोगितामा १५ महिनाका श्रीनव श्रेष्ठ र आमा निलिमा राजभण्डारी श्रेष्ठ प्रथम भएका छन ।
यसैगरि १३ महिनाकी श्रब्य भण्डारी र आमा श्रृजना खनाल द्धितिय, १० महिनाका आयुष विश्वकर्मा र आमा अरती बिक तृतिय हुदै बेबी साईकल उपहार प्राप्त गरे । प्रतियोगितामा ८ महिनाका आर्शिमन आचार्य र आमा श्रृजना तिवारी, अदृका क्षेत्री र आमा जुना क्षेत्री, बिनिया बुढाथोकी र आमा गरिमा बुढाथोकी, प्रशिद्धि पोखरेल र आमा संगिता पोखरेल तथा निवास सुनार र आमा बबिता लोहनी सान्त्वना हुदै गिफट हेम्परबाट पुरस्कृत भए ।
कार्यक्रमको एक समारोहका बिच लायन्स ईन्टरनेशनल ३२५ पि का डिजि सन्दिप कशौधन, पिजिडी पुरुषोत्तमभक्त प्रधानाङ, क्लबका सल्लाहकार कसुरेशरत्न बज्राचार्य, अस्पतालका निर्देशक बिनोद पराजुली, लायन्स क्लब अफ तिलोत्तमाका अध्यक्ष बाबुराम शर्माले विजेता, उपविजेता बच्चाहरुलाई पुरस्कार वितरण गरे ।
लायन्स ईन्टरनेशनल ३२५ पि का डिजि सन्दिप कशौधनले क्लबबाट विगत दुई दशकबाट बालबालिकाको स्वास्थ्य सचेतना जगाउने गरि महत्वपूर्ण कार्यक्रम भएको बताए । कतिपय समस्याहरु यस्ता प्रतियोगिताबाट अभिभावकहरु बिच बुझ्न सहयोग मिल्ने उनले दाबी गरे ।
कार्यक्रममा अस्पतालका निर्देशक बिनोद पराजुलीले कार्यक्रमबारे प्रकाश पार्दै विगत वर्षबाट बाल स्वास्थ्यबारे सचेतना जगाउने गरि महत्वपूर्ण कार्यक्रम अस्पतालमा गरिदै आएको बताए । यस क्षेत्रकै बाल अस्पताल हुदा लायन्सको सहकार्यमा गरिएको यो कार्यक्रमको विशेष महत्त्व रहनेको बताए ।
२०१२ सालमा लायन्स क्लब अफ रुपन्देहीबाट स्पोन्सर भएको क्लबबाट निरन्तर रचनात्मक कार्यहरुमा अग्रसर रहेको क्लबका अध्यक्ष श्रृजना श्रेष्ठले बताईन । क्लबको वार्षिक कार्यक्रम अन्तरगत गरिएको प्रतियोगितामा ६ महिनादेखि १८ महिनासम्मका बच्चाहरु सहभागी थिए । सहभागी बच्चाहरुको खोप कार्ड अनिवार्य हुनुपर्ने प्रावधान राखिएको थियो ।





















