बुटवल, २६ असोज । बुटवल उद्योग वाणिज्य संघको ७३ औँ वार्षिक साधारणसभा तथा २६औँ अधिवेशनबाट अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित भएका छन् । असोज २६ गते सम्पन्न मतदानमा पौडेलले ८३३ मत प्राप्त गर्दै अध्यक्ष पदमा विजयी भएका हुन् । उनका प्रतिस्पर्धी टंकप्रसाद गैरेले ६०१ मत प्राप्त गरेका छन् ।
निर्वाचन परिणामअनुसार वरिष्ठ उपाध्यक्षमा सुरज भट्टराई ७२४ मत प्राप्त गरी निर्वाचित भएका छन् । उद्योग उपाध्यक्षमा दिनेश श्रेष्ठले ७१२ मत प्राप्त गर्दै जित हासिल गरेका छन् भने वाणिज्य उपाध्यक्षमा मुक्ति प्रसाद अधिकारी ७१९ मतसहित निर्वाचित भएका छन् ।
महासचिवमा वसन्तप्रसाद ढकाल ७१४ मत प्राप्त गरी निर्वाचित भएका छन् । सचिवमा दीपकप्रसाद चापागाईंले ७५२ मत प्राप्त गर्दै जित हासिल गरेका छन् भने कोषाध्यक्षमा टिकाराम बन्जाडे ७३८ मतसहित निर्वाचित भएका छन् ।
सह–कोषाध्यक्षमा कमला पौडेल शर्मा पराजुली (मञ्जु) ८६८ मत प्राप्त गरी निर्वाचित भएकी छन् । एसोसिएट्स सदस्यमा बालकृष्ण पौडेल ७८१ मतसहित विजयी भएका छन् । उद्योग सदस्यतर्फ दीपक बास्तोला र ज्ञानबहादुर पुनले समान ६५६ मत प्राप्त गरेपछि गोलाप्रथाबाट ज्ञानबहादुर पुन निर्वाचित भएका छन् ।
उद्योग सदस्यतर्फ गोपाल टण्डन ६७९, लेखनाथ भण्डारी ६७६ र सुनिता शर्मा बन्जाडे ८३१ मत प्राप्त गरी निर्वाचित भएका छन् । वाणिज्य सदस्यतर्फ रामबहादुर भण्डारी ६६१ मत प्राप्त गरी निर्वाचित भएका छन् । गणेशप्रसाद भट्टराईले ८२८ मत प्राप्त गरी निर्वाचित भएका छन् । यसैगरि सुनिता गिरी ७२७, उमेश अमात्य ६५४ मत ल्याई निर्वाचित भएका छन । खुला सदस्यतर्फ विजय कुमार बर्नवाल ६२५, विष्णु घिमिरे पन्थ (कमला) ८४६, विष्णु प्रसाद उपाध्याय ६८७, दिपक घिमिरे ७८८, गोपाल प्रसाद बश्याल ६५६, प्रदिप शाक्य ७२३, सुनिल अर्याल ७६४ मत ल्याई निर्वाचित भएका छ । यसैगरि महिला सदस्यमा मन्जु पुरी गिरी ६२२ र रेनु श्रेष्ठ ६९९ मत ल्याई निवार्चित भएका छन ।





















