बर्दघाट, २५ असोज
विश्व लिग २ क्रिकेटमा नेपालले क्यानाडालाई २४ रनले पराजित गरेको छ । नेपालको जितमा रोहित पौडेलले उत्कृष्ट योगदान गरेका छन । अल अमिरात रँगशाला ओमनमा भएको क्यानाडा विरुद्धको खेलमा नेपालले टस हारी ब्याटिङको निम्तो पाएको थियो । नेपालको सुरुवात सुखद हुन सकेन । ओपनर आशिफ शेख मात्र ४ रन र इशान पाण्डे सुन्यमै आउट भएपछि टिम धरमराएको थियो तर मध्यक्रमका रोहित पौडेलले सम्हालिँदै ब्याटिङ गर्दै १ सय १ रनको सतकिय पारी खेले । उनलाई गुल्सन झा ले साथ दिए झा ४८ रन बनाउँदै आउट भए ।
ओपनर अर्जुन कुमालले २३ र बसिर अहमदले ३० रनको महत्वपूर्ण पारी खेले । नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २ सय ३५ रन जोडन सफल रह्यो । क्यानाडाका अखिल कुमारले ४ नेपाली खेलाडीलाई पवेलियन फर्काउँदा सुखजिन्दर सिँहले ३ र जहिद सिर्जादले २ विकेट लिन सफल रहे ।
२ सय ३६ रनको लक्ष्य पच्छाएको क्यानाडाको सुरुवात सन्तोषजनक भएपनि मध्यक्रम सम्हालिएर खेल्न सकेन । अरोन जोन्सनले ४४, समित गोहलले ३५ रन बनाउँदै टिमलाई लक्ष्यतर्फ अघि बढाए पनि क्यानेडियन ब्याटरहरु लामो साझेदारी कायम गर्न सकेनन् ।
यस मोभा र कप्तान हम्जा तरिकले दुबैले २६–२६ रनको योगदान गरे पनि जित दिलाउन सकेनन् । अन्तिमतिर ब्याटिङ गर्न आएका अखिल कुमारले ३० रनको अविजित पारी खेले पनि जित भने हासिल हुन सकेन । क्यानाडा ४८ दशमलव ४ ओभर खेल्दै सबै विकेट गुमाएर २ सय ११ रनमा समेटियो ।
क्यानाडालाई धराशायी पार्न नन्दन यादव, सन्दिप लामिछाने, करन के.शी र ललित राजवँशी ले समान २–२ विकेट लिएका थिए । जितसँगै नेपाल अँकतालिकाको १ स्थान माथी उक्लिएको छ । सातौँ स्थानमा रहेको नेपाल र छैटौँ स्थानमा रहेको क्यानाडा एक स्थान तल झरेको छ । नेपालले ३३ खेलमा १२ जित र १९ हार ब्यहोर्दै २६ अँकका साथ छैटौँ स्थानमा उक्लिएको हो । नेपालले लिगको दोश्रो खेल मँगलबार ओमान विरुद्ध खेल्ने छ ।
रोहितको किर्तिमानी सतक
नेपालका लागि मध्यक्रममा भरपर्दा ब्याटर रोहित पौडेलले नेपाली क्रिकेटमा किर्तिमान कायम गरेका छन । नेपाली क्रिकेटमा ३ वटा सतक प्रहार गर्ने किर्तिमानमा पौडेलले आफ्नो नाम लेखाएका छन ।
यसअघि युएइ र पपुवा न्यु गिनी विरुद्ध सतक प्रहार गरेका पौडेलले क्यानाडा विरुद्ध सतक प्रहार गर्दै ३ वटा सतक प्रहार गर्ने पहिलो नेपाली खेलाडी बनेका छन । पौडेलले पपुवा न्यु गिनी विरुद्ध १ सय २६ र युएइ विरुद्ध १ सय ९ रन प्रहार गरेका थिए ।




















