Spread the love

बुटवल । लायन्स क्लब अफ बुटवल डाइनामिक टुरिजमले देउसीभैलो तथा सांस्कृतिक कार्यक्रममार्फत १ लाख ३८ हजार रुपैयाँ संकलन गरेको छ । अनाथ तथा विपन्न बालबालिकालाई शैक्षिक सामग्री र न्यानो कपडा वितरण गर्ने उद्देश्यसहित क्लबले आयोजना गरेको देउसीभैलो तथा विविध सांस्कृतिक कार्यक्रम–२०८३ भव्य रूपमा सम्पन्न भएको हो ।

कार्यक्रमको लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ पी नेपालका डिस्ट्रिक्ट गभर्नर सन्दीप कसौधनले औपचारिक कार्यक्रमको उद्घाटन गर्दै सास्कृतिक संरक्षणसंगै सामाजिक कार्यलाई जोडेर महत्वपूर्ण कार्यक्रम गरिएको बताए ।

कार्यक्रममा पीडिजी अर्जुनमान श्रेष्ठ, एरिया चिफ तथा क्लबका संस्थापक अध्यक्ष समुद्र जिसीले मनोरञ्जनसँगै सामाजिक सेवाको उद्देश्य जोडेर आयोजना गरिएको कार्यक्रमलाई आगामी दिनमा समेत निरन्तरता दिनुपर्ने बताए ।

देउसीभैलोसहितका मनोरञ्जनात्मक कार्यक्रममा स्थानीय कलाकारहरूले विविध सांस्कृतिक प्रस्तुति दिएको क्लबका अध्यक्ष अर्जुन थापाले बताए । संकलित १ लाख ३८ हजार रुपैयाँ अनाथ तथा आर्थिक रूपमा विपन्न बालबालिकाको शैक्षिक आवश्यकतामा सहयोग गर्न र उनीहरूलाई न्यानो कपडा वितरण गर्न खर्च गरिने उनले बताए ।

">
Bajaj Grand Exchange Mela