Spread the love

बुटवल ।
बुटवलका दुई संस्थाहरुले देउसीभैलोबाट संकलित रकम सामाजिक सेवामा खर्च गरेका छन । धनमुडा चौर समाज बुटवल र बुटवल नयाँ मगर बाजाले देउसीभैलोबाट संकलन भएको रकम नेपाल मानव सेवा आश्रममा आश्रित ज्येष्ठ नागरिकलाई भोजन तथा मनोरञ्जन गराएका छन् । दुवै संस्थाको संयुक्त आयोजनामा आइतबार दिउँसो तिलोत्तमास्थित नेपाल मानव सेवा आश्रममा कार्यक्रम गरिएको हो ।

कार्यक्रममा आश्रममा आश्रित २६५ जना वृद्धवृद्धालाई भोजन गराउनुका साथै नौमती बाजाको प्रस्तुतिमार्फत मनोरञ्जन प्रदान गरिएको धनमुडा चौर समाजका अध्यक्ष देवबहादुर थापाले बताए । देउसीभैलोबाट संकलित रकमलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै आश्रममा रहेका ज्येष्ठ नागरिकसँग खुसी साट्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको उनको दाबी छ ।

कार्यक्रममा मगर बाजाका संयोजक संगम बैक मगर, देवेन्द्रबहादुर थापा, आश्रमका लुम्बिनी प्रदेश संयोजक सरु अधिकारी, जिल्ला संयोजक टिकामाया थापा र सुपरभाइजर प्रेम सारु मगरले आश्रम र स्थानिय संघसंस्थाहरुको समन्वयका बारेमा प्रकाश पारे ।

कार्यक्रमबाट चाडपर्वका अवसरमा गरिने सांस्कृतिक गतिविधिलाई सामाजिक सेवासँग जोड्न सकिने सन्देश दिएको धनमुडा चौर समाजका सल्लाहकार थम्मनबहादुर भण्डारीले बताए । संस्थाबाट वार्षिक रुपमा सामाजिक गतिविधि र खेलकुदका कार्यक्रममा समेत गरिदै आएको छ ।

">
Bajaj Grand Exchange Mela