Spread the love

बुटवल, २९ कार्तिक ।
सामाजिक र खेलकुद क्षेत्रका अग्रसर राधाकृष्ण युवा क्लबको २१ औ सास्कृतिक साझ २०८३ सम्पन्न भएको छ । बुटवल यातायात प्रालिको मुख्य प्रायोजन, श्री सुरेन्द्र सब्जी पसल तथा बुटवल उपमहानगरपालिका वडा नं ५, ६ को सहयोगमा शनिबार सम्पन्न कार्यक्रमको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले उद्घाटन गर्दै परम्परा र मौलिक संस्कृति संरक्षणमा योगदान हुने गरि महत्वपूर्ण कार्यक्रम गरिएको बताए ।

नगरभित्रका विभिन्न क्लबहरुबाट शिक्षा, स्वास्थ्य र सरसफाईको क्षेत्रमा योगदान दिएर सरकारबाट गरिनुपर्ने कार्यक्रममा टेवा दिएको उनले बताए । नया पुस्तालाई हेर्न र देख्न पाउने गरि सास्कृतिक पर्वको रुपमा कार्यक्रम अघि बढाउन उनले आग्रह गरे। एउटा क्लबको मात्र नभई समग्र स्थानिय सरकार जोडिएको कार्यक्रम भएको हुदा पनि यसलाई ब्यवस्थित र सफल बनाउन सहकार्य हुने बताए ।

कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नं ५ का कार्यबाहक अध्यक्ष यमुना श्रेष्ठ, वडा नं ६ का कार्यवाहक अध्यक्ष चिने श्रेष्ठ, बुटवल यातायात प्रालिका उपाध्यक्ष दिपक श्रेष्ठ, नेपाल पत्रकार महासंघका उपाध्यक्ष विश्वास ढकाल, कृषि थोक बजार ब्यवस्थापन समितिका अध्यक्ष नुरदिन शाह, बुटवल सोसाईटी ग्रुपका अध्यक्ष सुजन पुनले समुदायमा रहेका बहु भाषा, संस्कृति संरक्षण र प्रवद्र्धन हुने गरि कार्यक्रम भएको बताए ।

कार्यक्रममा क्लबका अध्यक्ष रिम सारुले युवाहरुलाई सस्कृति संरक्षण, खेलकुदमार्फत एकतावद्घ गरि सामाजिक कार्यमा अग्रसर रहेको बताए।क्लबबाट युवाहरुमा लागूऔषध बिरुद्घको सचेतना अभियान, सरसफाई, रक्तदान लगायतका कार्यक्रम गर्दै आएको छ । प्रत्येक संस्था सफल हुन मुख्यत सदस्यता, नेतृत्व र सेवा जरुरी रहने बताउदै यो कार्यमा क्लब सफल रहेको बताए ।

कार्यक्रममा क्लबका उपाध्यक्ष राजकुमार भट्टराईले क्लबमार्फत सामाजिक उत्तरदायित्वमा गरेको योगदानबारे प्रकाश पारे । स्थानिय र राष्ट्रिय कलाकारका साथै कला केन्द्रका कलाकारहरुको दमदार प्रस्तुति रहेको सास्कृतिक कार्यक्रमको संचालन सुमन श्रेष्ठ र सुमित खनालले गरेका थिए । सास्कृतिक कार्यक्रममार्फत मृगौला पिडितहरुलाई सहयोग गर्दै आएको क्लबका सचिव शंकर परियारले बताए ।

यसैबिच कार्यक्रममा स्थानिय सुन्दरनगर निवासी विपन्न कालिका दमाई, प्रेम बुढाप्रिति, मृगौला पिडित रेशम पौडेल, मिना रायमाझीलाई नगद ५–५ हजार रुपैया बराबरको आर्थिक सहयोग गरिएको कार्यक्रम संयोजक सुसान्तराज पाण्डेयले बताए ।

">
Bajaj Grand Exchange Mela