Spread the love

बुटवल,२३ असोज ।

पवन मिष्ठान भण्डारले बुटवलबाट पुनः आफ्नो सेवा सञ्चालन गर्ने तयारी गरेको छ। बुटवलको अमरपथमा आउटलेट सञ्चालन गर्दै आएको भण्डारले पार्किङको समस्याका कारण सेवा स्थगित गरेपछि अब कालिकानगरबाट सेवा सुरु गर्न लागेको हो।
पवन मिष्ठान भण्डारका सञ्चालक पवन हलुवाईले शुक्रबार पत्रकार सम्मेलन गरि बुटवल–१०, कालिकानगरबाट सेवा सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिएका हुन्। उनले बुटवल क्षेत्रका ग्राहकको माया र सद्भावका कारण पुनः बुटवलबाटै सेवा सुरु गर्न लागेको बताएका छन्।विक्रम संवत् २०२५ सालमा बुवाको नेतृत्वमा सुरु भएको पवन मिष्ठान भण्डारले पेडा, लड्डु, पर्बल मिठाई, दूध मिठाईलगायत २५ प्रकारका मिठाई उत्पादन गर्दै आएको छ।

भण्डारले दैनिक करिब एक हजार लिटर दूध र सात क्विन्टल खोवा खपत गर्दै आएको जनाएको छ। भण्डारमा हाल ८० जनाले प्रत्यक्ष रोजगारी पाएका छन्। साथै, तीन सयभन्दा बढी स्थानीय किसानसँग प्रत्यक्ष रूपमा दूध खरिद गर्दै आएको सञ्चालक हलुवाईले बताएका छन्।उनका अनुसार बुटवलको अमरपथमा २०५५ सालमा आउटलेट सञ्चालनमा ल्याइएको थियो। तर, पछिल्लो समय पार्किङको समस्या बढ्दै गएपछि ग्राहकलाई सवारीसाधन राख्न असहज भएकाले त्यहाँको सेवा स्थगित गरिएको थियो।कोभिड–१९ महामारी, भूकम्प, बजार बन्द तथा विभिन्न आन्दोलनका कारण व्यवसाय प्रभावित भए पनि गुणस्तरीय उत्पादन र सेवामा सम्झौता नगरेको भण्डारले जनाएको छ।

पछिल्लो समय काठमाडौंलगायत केही स्थानमा पवन मिष्ठान भण्डार र पवनको पेढा बिक्री भइरहेको भए पनि बुटवलबाहेक अन्य स्थानमा आउटलेट नरहेको विज्ञप्तिमा उल्लेख छ।सञ्चालक हलुवाईले ग्राहकको विश्वास र मायालाई प्राथमिकतामा राख्दै आगामी दिनमा पनि गुणस्तरीय मिठाई तथा दुग्धजन्य उत्पादन उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन्।

 

 

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्