बुटवल, २३ असोज ।
नेपाली काग्रेस १५ औ महाधिवेशन तयारी समिति रुपन्देहीको २ नम्बर क्षेत्रिय क्षेत्रिय सभापति सर्वसम्मत निर्वाचित गरेको छ । शुक्रबार सम्पन्न संस्थापन इतर समुहको क्षेत्रिय र प्रदेश अधिवेसनबाट क्षेत्रिय नं २ को क्षेत्रिय सभापतिमा तुल्सा शर्मा वाग्ले सर्वसम्मत निर्वाचित भएकी छिन । यसैगरि प्रदेश (क) मा दिल बहादुर थापा र प्रदेश (ख) मा पदम थापा सर्वसम्मत भएको जिल्ला निर्वाचन अधिकृत हरि प्रसाद श्रेष्ठले बताए ।
कार्यक्रमको उद्घाटन गर्दै केन्द्रिय प्रतिनिधि डा. दामोदर भुषालले पार्टीमा सबै सदस्यलाई एकिकृत गर्ने, भुमिहिन सुकुम्बासीहरुको समस्या समाधान, वैदेशिक रोजगारबाट फर्किएका युवाहरुलाई स्वदेशमा अवसरको सृजना गर्ने जस्ता महत्वपूर्ण कामका एजेन्डा केन्द्रमा लग्ने प्रतिवद्घता जनाए । रुपन्देहीबाट नै महत्वपूर्ण जिम्मेवारी महिलाहरुलाई नेतृत्वमा स्थापित गरि पार्टी अघि बढेको उनले बताए ।
काग्रेसले धर्म संस्कृति छोड्दा देशमा बेतिथि बढेको उनले दाबी गर्दै काग्रेस विशेष अधिवेसन र नियमित अधिवेसन र लोकतान्त्रिक प्रणाली नै समस्यामा परेको बताए । धर्म निरपेक्षतालाई पुर्नपरिभाषित गर्ने, सनातन धर्मसंस्कृति अवलम्बन र सस्थागत गर्ने तर्फ लाग्ने उनले बताए । सनातन धर्म संस्कृतिले नियमित र प्राकृतिक जीवन पद्यतीलाई बुझाउने भन्दै उनले यसबाट सरकार बेखबर हुन नसक्ने बताए । सनातनले प्राकृतिक रुपमा निरन्तर रुपमा अविच्छिन रुपमा चलिरहेको धर्म, संस्कृतिलाई बुझाउने उनले दाबी गरे ।
कार्यक्रममा रुपन्देही जिल्ला संयोजक गुनाखर भुर्तेलले सिगो काग्रेस बनाउने अभियानमा लाग्ने समेत बताए । नेतृत्व विकास र ब्यवस्थापन गर्दै अघि बढन जरुरी रहेको भन्दै उनले पार्टीमा भित्रन चाहने सदस्यहरुलाई खुलेर स्वागत गर्न सकिने बताए ।
कार्यक्रममा बुटवल नगर सभापति प्रभा अर्याल, जिल्ला सदस्य जनक कोईराला, कानुन ब्यवसायी कृष्ण प्रसाद पोखरेल, क्षेत्र नं ३ को संयोजक भरथरी यादव, आर्थिक संयोजक जित बहादुर क्षेत्री, जिल्ला सचिव किरण गौतमले प्राकृतिक काग्रेस सधै हस्तान्तरण र पुस्तान्तरणलाई स्वीकार्ने हुदा पनि प्राकृतिक काग्रेसको धारमा रहेको बताए ।
भिडियो रिर्पोट




















